बिचार/ब्लग

दिपक मनांगेलाई कोरियाबाट एक यूवाको पत्र…

नमस्कार दिपक दाई, तपाईले मिलन गुरूंग अथवा एनफा कास्कीका अध्यक्षलाई झापड हानेको कूरा रास्ट्रिय तथा स्थानिय प्रत्र प्रत्रिकाले निकै महत्वका साथ छापिएको देखियो । त्यसपछी प्रत्रकार सम्मेलन गरेर तपाईले प्रत्रकारहरूलाई घटना समन्धि जानकारी गराउनु भयो। र अहीले त्यस घटनाको बिषयमा सामाजिक संजालमा सकरात्मक र नकरात्मक प्रिति क्रिया उति नै छन्।

दिपक मनांगले ठिक गर्यो यसरीनै झापड हान्नु पर्छ ठग र भ्रस्टाचारी लाई भनेर प्रतिक्रियाहरू दिनेहरू पनि धेरै नै देखे।दिपक दाई तपाई जनप्रतीनिधी हुनु भन्दा अगाडी धेरै ज्यान मार्ने ,ठगी धन्दामा अभियोग लागेकै हो ।र त्यस समयमा नामुद गुन्डा नाइके अथवा डन भनेर मिडियाले प्रसारण गर्थ्यो।ति खवर सुन्दा मलाई लाग्थ्यो यो मान्छेलाई चरी घैटेलाई झै प्रहरीले इन्काउन्टर गरदिए हुन्थ्यो जस्तो लाग्थ्यो।तर तपाई हिरासतमा भएको वेला तपाईको मुद्दा मा अनुसन्धान नगरीकन कुनै तपाई भन्दा बलियो पहुचवालाले एकोहोरो झापड हानेको भए कल्पना गर्नुस तपाई अहिले जन प्रतिनिधी हुन्थ्यो होलाकी हुन्थेन होला।

तर नियमकानुन सगंत तपाई को अनुसन्धान भयो र सफाई पाउनुभयो भाग्यवस जनप्रतिनिधी हुनु भयो।मनागंको जनप्रतिनिधी भए पश्चात मैले तपाईको प्राय इन्टरभ्यु हेरेर मेरो मनले केही कुरा सोच्न थाल्यो साच्चै सवै अभियोग लागेका र जेल गएका अपराधी नहुदो रहेछ।सायद तपाई पहुचको आड ले सफाई पाउनु भयो वा तपाईलाई लागेका अभियोग नै झुटो थियो यो त अनुसन्धान गर्नेलाई थाहाहोला तर झुटा अभियोग लागेर जेलको चिसो सिडीमा अझै कति लडीरहेका होलान्।तर समयले तपाईलाई जनप्रतिनिधी बनायो।जसको अर्थ हुन्छ जनताको सबै भन्दा राम्रो मान्छे अर्थात जनताले चुनेको सर्वश्रेष्ठ मान्छे भन्ने बुझिन्छ।

तपाई र तपाई जस्तै जनप्रतिनिधीहरूले ठुल ठुला स्वरमा माइक समाउदै भन्नु हुन्थ्यो हामी कानुनी राज्यको स्थापना गर्छौ र समाजमा आचारसंहीता उलंगन गर्नेलाई कडा रूपमा कानुनको दायरामा उभ्याएर कारबाही गर्छौ। तर आज नत तपाई कानुनको दायरा भित्र हुनुहुन्छ नत यो तपाईको शैली कानुन संगत भित्र नै पर्छ।जव सम्म हरेक तह र तप्का बाट नियम कानुनको पालना सही ढंग बाट हुदैन त्यो देशमा विकाशको पिरकल्पना गर्नु नदीमा वालुवाको पुल हाल्नु सरह हो।तपाईले प्रत्रकार सम्मेलन गरेर गर्वका साथ भन्नु भएको छ मिलन जस्तो ठगले ठगी गर्दा म साधु बनेर बसु? उसलाई झापड हानेर मैले ठिक गरे तपाईहरू पनी यस्ता समाजका ठगहरूलाई झापड हान्नुस भन्दै प्रत्रकारहरूलाई सुझाव दिदै हुनुहुन्छ। नियम विपरीत काम गर्ने हरूलाई झापड हान्नेकी सही ढंगबाट उजुरी गरेर कानुनी कठघेरामा उभ्याएर सजाय दिलाउने?

प्रत्रकार हरूले त्यस्ता समाजका ठग भ्रस्टाचारी त पत्रकारीता गर्ने सिलसिलामा कयौ संख्यामा भेटे होलान। अब झापड हान्नेकी कलम मार्फत समन्धीत ठाउलाई जानकारी गराउने? सरी दिपक दाई ठग र भ्रस्टाचारीलाई झापड हान्ने प्रत्रकारको कर्तब्य पनि होइन र उ सग अधिकार पनी छैन साथै तपाई जस्तो विलयो सवै पत्रकार पनि हुदैन।यसरी मैले तपाइले गरेको क्रियाकलापको प्रतिक्रिया दिइरहदा मिलन गुरूगं सही छ भन्न खोजेको कदापि होइन।उ पनी ठगीको अभियोगमा प्रहरीले प्रकाउ गरी सकेको अबस्था छ। तपाईले झापड हान्नुको सट्टा समन्धीत ठाउमा उजुरी गरेर मिलन गुरूगंको ठगी कसुरलाई छर्लंग पारेर कानुनी कठघेरामा उभ्याएको भए जनप्रतिनिधीको सार्थकताको उचाई अझ बढ्ने थियोकी?साथै नया पिढीलाई कानुनी प्रक्रिया बाट अघि बढ्न तपाईको अप्रत्यक्ष वा प्रत्यक्ष प्रभाव पक्का पनि रहने थियो।

हामी सबैलाई थाह छ हाम्रो समाजमा ठग ,दलाल र भ्रस्टाचारी यती अनियन्त्रित रूपमा फैलिएको छ की यसलाई नियम कानुनले ठेग्न नसग्ने अबस्थामा पुगीसकेको छ,सायद यही कारणले होला अथवा तपाईको सोचाईको कम्जोरीले होला तपाई झापड हानेर ठगी नियन्त्रण गर्न लाग्नु भयो।यस्को नतिजा ठिक उल्टो भयो तपाई माथी नै उजुरी पर्यो प्रहरीको हिरासतमा पुग्नुभयो ।साच्चै झापड हानेर नै ठगी नियन्त्रण हुन्छ भने तपाईहरू जस्तो सांसदको प्रतिनिधी सभा र राष्ट्रिय सभामा के काम?र किन नियम कानुन विध्येक माथी छलफल गरी नियम कानुन वनाउन पर्यो?नामको मात्र अक्तियार दुरूपयोग अनुसन्धान आयोग किन चाहियो? यसको विकल्पमामा झापड आयोग गठन गरियोस् जस्ले झापड नै हानेर देस र समाजका ठगी र भ्रस्टाचारीलाई नियन्त्रण गरियोस्।हैन भने नियम विपरीत रूपमा चलीरहेको समाजलाई नियम संगत ढंगले अगाडी लैजान तपाई जस्तो गरिमामय पदमा रहेका व्याक्ती हरूको ठुलो भुमीका हुन्छ।

तपाई जस्तो गरीमामय पदको व्याक्ती त झापड हानेर ठिक पार्छु भन्ने भ्रममा हुनुहुन्छ। भने साधरण जनता कति भ्रममा होला?झापड हानेर समाजका बिसंगती ,विकृती नियन्त्रण गर्ने मोडालिटी संसारको कुनै पनि देसमा छैन र यो मोडालिटीले समाज परिवर्तन गर्न पनि सकिदैन।यदी कुटपिट बाटै समाज परिवर्तन भएको तपाई महसुस गर्नुहुन्छ भने त्याे समाज सामाजिक प्राणीको समाज हैन ।त्यो जंगली जनवार हरूको जमात रहेको समाज हो किनकी जंगलमा जस्ले चिथोर्न र मार्न सक्छ उ सग मात्र डराउछ र उ नै त्याहाको सर्वौसर्वा अर्थात राजा हुन्छ!!भोज राना ,हाल दक्षिण कोरिया

Author Since: Dec 06, 2019

Related Post