News

जापानमा नेपाली कामदार : पहिलो चरण परीक्षामा सिमित, दोस्रो परीक्षाको तयारी

माघ ७, काठमाण्डौ । जापानले दोस्रो चरणमा नेपाली कामदार लैजाने तयारी गरेको छ । यसको लागि जनवरी र मार्चमा आवेदन खुलाउने तयारी गरेको छ । पहिलो पटक आवेदन खुलाए पनि जापान भने लगिएको छैन ।सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वासमा गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएपछि जापान सरकारले दोस्रो आवेदन खुलाउने तयारी गरेको हो ।

गत अक्टोबरमा नर्सिङ केअरगिभरका एक हजार जनाको लागि आवेदन खुल्ला गरेको थियो ।नर्सिङ केअरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि २०२० मा सम्बोधन गरिने वचन जापानी पक्षले दिएको थियो ।जापानसँग नर्सिङ केअरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारी छ । नेपाल र जापान सरकारबिच सम्झौता भैईसकेपछि नेपालबाट जापान कामदार लान सुरु भएको हो ।

जापानसँग नर्सिङ केअरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारी छ । नेपाल र जापान सरकारबिच सम्झौता भैईसकेपछि नेपालबाट जापान कामदार लान सुरु भएको हो ।जापान लाने संख्याको आधारमा भाषा र सीप परीक्षा लिन सुरु गरिएको हो । जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान जनवरीबाट छनोट प्रक्रिया सुरु गर्ने भएको छ । अक्टोबर एक हजार जनाको लागि आवेदन खुल्ला गरेको थियो । जसमा ५६ जनाले भाषा पास गरेका छन् ।

सीप सम्बन्धी परीक्षा भने कतिले गरे भन्ने विवरण आउन बाकीँ रहेको वैदेशिक रोजगार विभागको भनाई छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।यसैविच फाउन्डेसनले अर्काे सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७ – ८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिने वैदेशिक रोजगार विभागका निर्देशन भोलानाथ गुरागाईले जानकारी दिए ।

दोस्रो चरणमा १ हजार ३ सय कादार छनोट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ । फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्ने मापदण्ड रहेको निर्देशक गुरागाई बताउँछन् ।दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ । २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा जारी गरिएको छ । फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने हुने भएको छ । जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ । जापानले पाँच वर्षमा ११ देशबाट साढे तीन लाख विदेशी कामदार आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको छ ।

Author Since: Dec 06, 2019

Related Post