कोरिया खबर

कोरियन नयाँ बर्ष मनाउन घर बाहिर जानेको संख्या बढ्दो

सोल/दक्षिण कोरिया

कोरियन नयाँ बर्ष सलनालको अवसरमा घरमै बसेर रमाइलो गर्नुको सट्टा बाहिर घुमफिर गर्न रुचाउन नागरिकको संख्या ह्वात्तै बढेको छ ।कोरियन एयरपोर्टस कर्पोरेसनका अनुसार यस यो वर्षको सलनालमा २ लाख ३ हजार ७ सय १९ जना कोरियाली नागरिकहरु आफ्नो विदाको समय सदुपयोग गर्न बाहिर गएका हुन् । यो संख्या गत ६ बर्षको भन्दा करिव ७४ प्रतिशतले बढी हो ।

पछिल्लो कोरियाली नागरिकहरु अन्तराष्ट्रिय भन्दा आन्तरिक स्थानहरुमा विदा मनाउन जान थालेको पनि कर्पोरेसनले जनाएको छ । उसले विदा मनाउद विदेश जानेहरुको भन्दा आन्तरिक पर्यटकहरुको संख्यामा ठूलो परिवर्तन आउने प्रक्षेपण समेत गरेको छ ।हाल कोरियालीहरु समुद्री तट, वाटरपार्क लगायतका क्षेत्रमा खाने बस्ने होटलहरु बुक गर्न ब्यस्त भेटिएका छन् ।

एक कोरियाली पर्यटकका अनुसार उनीहरु पुर्ख्यौली पकाउने र खाने शैलीबाट वाक्क भएको र यसरी कहिलेकाही बाहिर खाँदा छुट्टै आनन्द आउने गरेको छ । उनीहरु विगत ५ बर्षबाट कहिलेकाही बाहिर गएर खाने गरेको पनि उनले बताए । उनका हजुरबुबा पनि यसरि बाहिर गएर खाँदा शरिरमा छुट्टै स्फूर्ति आउने गरेको बताउछन् ।

Author Since: Dec 06, 2019

Related Post