
सोल-दक्षिण कोरियामा विदामा घर गएको बेला लि’ङ्ग परिवर्तन गर्ने सैनिकहरुको संख्या उल्लेख्य छ । उनीहरु आफ्नो लि’ङ्ग गरिवर्तन गराए तापनि सैनिक सेवामा भने निरन्तरता दिन चाहान्छन् ।तर अब त्यसो गर्ने कोरियाली सैनिकहरुलाई दुःखद खबर छ । गत बुधवार बसेको सैनिक उच्च अधिकारीहरुको बैठकले त्यस्ता सैनिकहरुलाई बर्खास्त गर्ने रणनिति लिएको छ ।
यसरि सेवामा रहदा लिङ्ग परिवर्तन गर्नु कोरियाली सैनिक नियम विपरित रहेको ठहर गर्दै सर्जेन्ट ब्युन हि सुनलाई सैनिक सेवाबाट बर्खास्त गरिएको हो ।उनी कोरियाली सैनिकका ट्याङ्क ड्राइभर थिए तर छुट्टिको समयमा थाइल्याण्ड गएर आफ्नो लिङ्ग परिवर्तन गराएका थिए ।सैनिक प्रशासनले उनलाई पहिले नै सैनिक सेवाका निम्ति अयोग्य
रहने चेतावनी दिएको थियो । कोरियामा यसरी लिङ्ग परिवर्तन गर्ने सैनिकलाई अपाङ्गको रुपमा लिइने गरेको छ ।यो निर्णय कोरियाली सैनिकहरुको नियमित स्वास्थ्य जाँचको क्रममा फेला परेका तथ्यहरुको आधारमा लिइएको सैनिक अधिकारीहरुले जनाएका छन् ।कानुनी फैसला आउन बाँकी भएता पनि यसले कोरियाली सैनिकको क्षमता माथि नै प्रश्न चिन्ह खडा गर्ने भएकाले सो निर्णय गरिएको पनि सैनिक श्रोतले जनाएको छ ।
बर्खास्तपछि एक पत्रकार सम्मेलन आयोजना गर्दै ब्युन हि सुनले सैनिक पेशामा रहेर देशको सेवा गर्नु आफ्नो सपना भएको बताउदै अन्तिम फैसला आउन्जेल सेवामा प्रवेशका निम्ति लडिरहने समेत उनले बताइन् ।