कोरिया खबर

कोरियाको आर्थिक तरलताले आधाबैंसेलाई बढी टेन्सन

सोल-सन् १९९७-९८ मा चरम आर्थिक तरलता बेहोरे पश्चात कोरियाली सरकारले अन्तराष्ट्रिय मुद्रा कोशबाट ऋण लिएर त्यहाँको बैङ्किङ प्रविधिमा सुधार गरेको थियो । तर उक्त सुधारले कामदारहरुको जनजीवनमा भने खासै ठूलो परिवर्तन ल्याउन सकेन । उनीहरुमा अस्थिरताले बास गरिरह्यो ।कोरियाली सरकारले आफ्ना नागरिकहरुलाई ४५ बर्षको उमेरमा अवकास दिने प्रस्ताव ल्याएको

बर्षौ वितिसक्दा पनि कार्यान्वयन गर्न भने सकेको छैन । हाल पनि कोरियामा ४० को दशकका मानिसहरु जागिरका लागि यताउता भौतारिएको स्पष्टै भेट्न सकिन्छ ।कोरियाली तथ्यांक विभागका अनुसार सन् १९९० मा करिव २,६२,००० त्यस्ता ब्यक्ति रहेकोमा सन् २०१९ को अन्त्य सम्म आइपुग्दा करिव १,६२,००० रहेका छन् ।

यो कोरियामा ४० को दशकमा पनि रोजगार गर्ने मानिसहरुको संख्या हो ।कोरियाले हरेक बर्ष आप्रवासी कामदारहरुलाई आफ्नो देशमा श्रम गर्न आउने गरेको र हाल कोरियामा ४० को दशकमा पनि काम गर्ने त्यस्ता आप्रवासी नागरिकहरुको संख्या करिव ३,१०, ००० रहेको छ ।सरकारले ४५ बर्षको उमेरमा अवकाशको निति ल्याए तापनि

अधिकांश कम्पनिहरुले भने ३० र ४० को दशकका कामदारहरु परिपक्व हुने भएकाले त्यस्ता कामदारहरुलाई म्यानुफ्याक्चरिङमा उपयोग गर्न सके देशको आर्थिक स्थितिमा कायापलट हुने पनि उनीहरुले बताए ।कोरियाली सरकारी अधिकारीहरुका अनुसार कोरियाली सरकारले हरेक बर्ष रोजगार सृजना गर्न उचित रकम विनियोजन गर्ने गरेको र आगामि दिनहरुमा पनि सरकारले यो क्रमलाई जारी नै राख्ने छ ।

Author Since: Dec 06, 2019

Related Post