स्याटेलाईटमा देखियो उत्तर कोरियाको आणविक कार्यक्रम
- by siddhartha@post
- 12 months ago
- 0 comments

काठमाडौँ-सिएनएनका अनुसार हालै उत्तर कोरियाले आफ्नो आणविक कार्यलाई निरन्तरता दिएको सेटलाइट तस्विरहरु सार्वजनिक भएका छन।आईतबार आयोजित पत्रकार सम्मेलनमा सो समाचार बारे जानकारी दिइएको हो ।प्योङयाङ नजिकै सानुमडोङ मिसाइल रिसर्च केन्द्र वरपर सवारी साधनहरुको चहलपहल बाक्लिन थालेको हालै खिचिएका सेटालाइटबाट तस्बिरहरु देखिएको छ ।
यसबाट उत्तर कोरिया आफ्नो नयाँ परिक्षणको तयारिमा जुटेको पनि आकलन गर्न थालिएको छ । अमेरिकाको कडा सेटलाइट निगरानीमा रहेको उक्त क्षेत्रका तस्विरहरु मात्रले उत्तर कोरियाको आगामी रणनिति बारे यसै भन्न नसकिएता पनि विगतमा उसले गर्ने गरेका कृयाकलापहरु हेर्दा उ माथि विश्वास भने गरिहाल्न नसकिने अमेरिकी सैनिक प्रवक्ताको भनाइलाई उदृढ गर्दै सिएनएलले बताएको छ ।
अधिकारीहरुका अनुसार ती सवारीसाधनहरुको चहलपहल हेर्दा त्यहाँ उत्तर कोरियाका उच्च नेताहरुको भ्रमण भएको सहज अनुमान लगाउन सकिन्छ । तत्कालै उसले नयाँ परिक्षण गर्ने सम्भावना नरहेता पनि परिक्षणको तयारी गरेको भने स्पस्टै भान हुन्छ ।