कोरिया सरकारले चीनबाट आफ्ना नागरिक ल्याउन चार्टर विमान पठाउने
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल-सोमवार सरकारी अधिकारीबाट आएको एक सूचना अनुसार दक्षिण कोरियाली सरकारले कोरोना भाइरसको उद्गम स्थल चीनको हुवान क्षेत्रबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन चार्टर प्लेन त्यस तर्फ पठाउन लागेको बताएको छ ।दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा यातायात मन्त्रालयका पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको अधिकारीहरुले उल्लेख गरेका छन् ।
अधिकारीहरुका अनुसार हाल हुवान प्रान्तमा करिव ५०० बाट ६०० को विचमा कोरियाली नागरिक रहेका छन् ।‘हामी आपतकालीन अवस्थाका बारेमा पूर्ण जानकार छौँ र यस अवस्थालाई कसरि समाधान गर्ने भन्ने बारे पनि गम्भिर भएर लागि परेका छौँ र चीनसँग यस विषयमा गम्भिर रुपमा वार्ता भइरहेको छ ।’ सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
हुवानबाट सञ्चालीत सम्पूर्ण यातायातका साधनहरु तत्कालका लागी बन्द गरिएको र उक्त रोगसँग लड्न कुनै कसुर बाँकी नराखिने पनि उनीहरुले उल्लेख गरेका छन् ।हाल कोहि पनि कोरियन नागरिकहरुका उक्त रोगको शंका तथा पहिचान नभएता पनि करिव ५०० जना दक्षिण कोरियाली नागरिकहरु कोरिया आउन इच्छुक देखिएको पनि सरकारी श्रोतले जनाएको छ ।