कोरिया खबर

कोरिया भाषा पढन आएका विधार्थी यतै लुके !

गुरुदत्त न्यौपाने / सउल,कोरिया,दक्षिण कोरियाको प्रतिस्ठित विश्वविद्यालय ईन्छन विश्वविद्यालयमा कोरियन भाषा पढदै गरेका १६४ भियतनामी विधार्थीहरु १५ दिनसम्म लगातार कलेजमा अनुपस्थित भएपछी प्रहरीले उनिहरुलाई ब्यापक खोजी गरिरहेको छ।लगातार १५ दिनसम्म पनि ति विधार्थीहरु कलेजमा उपस्थिति नजनाएपछी कलेज प्रशासनले पुलिसलाई रिपोर्ट गरेको हो।विश्वविद्यालयको निती तथा कानुनी प्रावधान अनुसार कुनैपनी विधार्थी बिना सुचना,

लगातार १५ दिनसम्म कलेजमा हाजिरी नभए सिधा अबैधानिक हुने नियमअनुसार उनिहरुलाई रिपोर्ट गरिएको ईन्छन विश्वविद्यालयले बताएको छ।चार महिना अगाडीदेखी शुरु भएको एक बर्षिय कोरियन भाषा कक्षामा करिब १९०० भियतनामी विधार्थीहरु छन जसमध्धे १६४ विधार्थीहरु हराएका हुन।

“उनिहरु कोरिया भाषा पढन आएका होईनन,उनिहरुको उद्देश्य कोरिया छिर्ने र अबैधानिक बसेर पैसा कमाउने हो।”प्रहरी प्रशासनले भनेको छ।
अभद्र ब्यबहार,रोजगारदाताको शोषण तथा कानुनी जटिलताको सामना गर्दै दक्षिण पुर्वी एशियाका विकाशोन्मुख मुलकका मानिसहरु धेरै पैसा कमाउने उद्देश्यले अधिकाँस कोरियामा अबैधानिक बसेका छन।

कोरियाको कानुन मन्त्रालयले बिना भिषा बसोबास गरिरहेको बिदेशी नागरिक जो यो डिसेम्बर महिनाको ११ देखि २०२० को जुन महिना सम्ममा स्वइच्छाले आफ्नो देश फिर्ता हुन्छ ।

उसलाई निश्चित अवधि पुरा गरि छोटो समय भ्रमण गर्न पाउने (C-3 Visa ९० दिन ) दिने अनि यो भिषा प्राप्त गरि कोरिया प्रवेश गरेर भिषा अवधि भित्र फर्किएमा १ बर्षको दोहोरो आवतजावत गर्ने भिषा (C-3) दिने भनिएको छ । यसको लागी यो अवधिमा प्रस्थान गर्दा स्वइच्छाले प्रस्थान गरेको भनि पुष्टि गर्ने कागजात हुनु पर्नेछ ।भिषाको लागि आबेदन दिने समयमा कुनै अपराधिक गतिबिधि नगरेको ,सरुवा रोग (टिबि) नलागेको प्रमाणित भएमा पुन प्रवेश गर्न मौका दिइनेछ .कहिले गएमा कहिले भिषाको लागि आबेदन दिन सकिनेछ त ?

२०१९ -१२-११ देखि २०२०-३-३१ सम्ममा जानको लागि जानकारी गराएर फिर्ता गएमा गएको दिनदेखि ३ महिना पछि देखि भिषाको लागि आबेदन दिन सकिने छ ।२०२०-४-१ देखि ४-३० सम्म जनाकोलागी जानकारी गराएर गएमा फर्केको मितिदेखि ४ महिना पछी देखि ।२०२० -५-१ देखि -५-३१ सम्ममा फर्कनेले फर्केको मितिदेखि ५ महिनादेखि ।२०२० -६-१ देखि ६-३० सम्ममा फर्कनेले फर्केको दिनदेखि ६ महिना पछिदेखि भिषाकोलागि आबेदन दिन सक्नेछ ।

कोरियान अध्यगमनले अवैधानिक कामदार आफ्नो देश फिर्ता हुने समय अबधि तोकिनुका साथै बिना भिषा काम साथै बसोबास गरिरहेको बिदेशि नागरिकलाइ कोरियन कानुन मन्त्रालयले केहि शर्त राखि डिसेम्बर ११ तारिक आज देखि २०२० जुन महिनाको ३० तारिक सम्ममा स्वइच्छाले स्व्देश फिर्ता हुन अवधि तोकेको छ. सो अवधिमा देश फिर्ता हुनेलाई जरिवाना तिर्नु नपर्नुका साथै पुन कोरिया प्रवेश गर्नु सकिने छ ।

Author Since: Dec 06, 2019

Related Post