कोरिया खबर

दक्षिण कोरियामा ७० प्रतिशत जनता चरम अस’मानताको पि’डामा

सोल-हालै दक्षिण कोरियामा गरिएको एक सर्वेक्षण अनुसार यहाँका करिव ७० प्रतिशत जनताले आफूहरु चरम असमानताको शिकार भएको बताएका छन् ।सर्वेक्षणका अनुसार ४१.१ प्रतिशत जनताहरुले आफूहरु माथि रियल स्टेट व्यवसायमा विभेद गरिएको, २४.१ प्रतिशतले राजनितिक तथा सामाजिक सहभागितामा तथा २०.८ प्रतिशतले रोजगारमा आफूमाथि विभेद गरिएको प्रतिकृया दिएका छन् ।

हान्गुक रिसर्चले सेन्टर सोलले गरेको सर्भेक्षण अनुसार १८ बर्ष भन्दा बढी उमेर समुहका १००० जनामा गरेको टेलिफोन सर्वेले उक्त नतिजा देखाएको हो ।सर्वेक्षणका अनुसार ७८.६ प्रतिशत मानिसहरुले आफुले आर्जन गर्ने गरेको आयश्रोतमा विभेद गरिएको बताएका छन् । यो विभेदको कारण सरकारको गरिवी निवारण

रणनिति कारक रहेको पनि उनीहरुले बताएका छन् । रोजगार दिने क्रममा पनि विभेद गरिएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार युवा पुस्ता र उमेर ढल्कदै गएका मानिसहरु वीचमा ठूलो विभेद गर्ने गरिएको उनीहरुले बताएका छन् ।

यसका अलावा उनीहरुले धनी र गरिव, युवा र प्रौढ तथा सामाजिक, सांस्कृतिक तथा अन्य विभिन्न प्रकारका विभेद कोरियामा व्याप्त रहेको भन्दै यस्ता प्रकारका विभेदहरु कायम रहेसम्म कोरियाको समृद्धिको यात्रा सोचे अनुरुप अगाडी बढ्न नसक्ने समेत बताएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post