जापानमा नेपालीले काम गरिरहेको ठाउँमा प्रहरीको छापा, १५ नेपाली प क्राउ
- by siddhartha@post
- 12 months ago
- 0 comments

टोकियो । जापानमा १५ जना नेपाली काम गरिरहेको ठाउँबाट प क्राउ परेका छन् । त्यहाँको प्रहरीले छापा मारेर उनीहरुलाई प क्राउ गरेको हो । राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई अध्यागमन विभागको टिमसहित पुगेको प्रहरीले छापा मारेर प क्राउ गरेको हो । ती नेपालीहरुले आफूहरुसँग भएको भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै अनुमति
नपाएको काम गरिरहेकोले प क्राउ गरिएको बताइएको छ । ती कामदारहरुले औद्योगिक काम गरिरहेका थिए तर उनीहरुलाई दिइएको भिसामा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति थिएन । प क्राउ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ ।सोही कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरु प क्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलेको छैन ।
२०२० को अन्तिमसम्म कोरियाका सबै सव-वे स्टेशनमा द्रुत गतिको 5 G ईन्टरनेट सेवा उपलब्ध हुने !
दक्षिण कोरियाका प्रमुख शहरहरुमा भएका ट्रेन तथा सव वे स्टेशनमा अत्यधिक द्रुत गतिको ईन्टरनेट 5G सुबिधा उपलब्ध हुने भएको छ।कोरियाका प्रमुख टेलिकमहरु KT टेलिकम, Sk टेलिकम र LG U plus ले छुट्टाछुट्टै जारी गरेको बिज्ञप्ती अनुसार यसै बर्षको अन्त्य सम्ममा कोरियाका प्रमुख शहरहरुमा भएका सव वे स्टेशन तथा ट्रेनहरुमा द्रुत गतिको ईन्टरनेट सुबिधा प्रयोग गर्न सकिने जनाएको छ।
कोरियाका प्रमुख टेलिकम्युनिकेशन हरुले ख्वाङ्जुमा भएका स्टेशनमा आधिकारीक रुपमा 5G सेवा सुचारु गरिएको उक्त सुबिधा मार्च सम्ममा बुसान,थेगु तथा थेजनमा समेत विस्तार गर्ने जनाईएको छ।