कोरिया खबर

सामसुङले ग्यालेक्सी जेड लञ्च गर्दै

काठमाडौँ– विश्व विख्यात कोरियाली स्मार्ट फोन निर्माता कम्पनि सामसुङले यस वर्षको अन्त्य सम्ममा आफ्नो अर्को स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ ।एक आइटी वेवसाइट ट्वीकडाउनका अनुसार कम्पनिले यो बर्षको अन्त्य सम्ममा उक्त फोन सार्वजनिक गर्ने र उक्त फोनको नाम ग्यालेक्सी जेड हुने पनि कम्पनिले प्रारम्भिक सुचना दिएको छ ।

यो फोन अंग्रेजीको जेड अक्षर जसरी नै फोल्ड हुने भएकाले फोनको नाम ग्यालेक्सी जेड दिइएको अनुमान गरिएको छ । तर टी.सी.एल र स्याओमी कम्पनीहरुले यसअघि नै उक्त मोडेलको फोन निकाली सकेका छन् ।सामसुङका हाल उपलब्ध फोनहरु भित्र मात्र फोल्ड हुन्छन् तर यो फोन भने दुबै तिर फोल्ड हुने

कम्पनीबाट प्राप्त फोटोहरुका आधारमा आँकलन गर्न सकिन्छ ।१० देखी ११ इन्चको स्क्रिनमा उपलब्ध हुने अनुमान गरिएको उक्त स्मार्ट फोन ट्याव पि.सी कै आकारमा हुने भनिए पनि रकम र सार्वजनिक गरिने मिति बारे भने केही खुलाइएको छैन । कम्पनीका अधिकारीहरुका अनुसार उक्त फोनले आगामी बर्षको मध्य सम्ममा बजार पिट्ने अनुमान गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post