कोरोना भाइरसः मृत्यु हुनेको संख्य १७० पुग्यो, पुरै सतर्कता अपनाउन डब्लुएचओको चेतावनी
- by siddhartha@post
- 12 months ago
- 0 comments

काठमाण्डौ – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ७० पुगेको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको अधिकारीहरुले बताएका छन् ।१२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको डाक्टरले बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने चेतावनी दिएको छ । उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे
सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।डाक्टर माइक र्यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमको प्रशंसा गरेका छन्बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन। चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ।
डब्लुएचओका डा माइक र्यानका अनुसार सङ्क्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ । यो कोरोनाभाइरस सङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोनाभाइरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।यसै साता सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए।