अबैधानिक लाई कोरियामै भिषा दिए के बिग्रिन्छ होला ?
- by siddhartha@post
- 12 months ago
- 0 comments

हिजो जनवरी २९ तारिक अहिले कोरियन सरकार कानुन मन्त्रलयले बिना भिषा कोरियामा बसोबास गरिरहेको विदेशीलाई २०१९ डिसेम्बर ११ तारिकादेखि २०२० जुन महिनाको ३० तारिकसम्ममा स्वइच्छाले स्वदेश फिर्ता भएमा ९० दिनको C-3 भिषा ( कम्पनीमा काम गर्न नपाउने भिषा )दिने भनि गतबर्ष डिसेम्बर १० तारिक जारी गरेको बिनाभिषा बसोबास गरिरहेको बिदेशीलाई
ब्याबस्थापन गर्ने सम्बन्धि योजना (बिज्ञप्ति) को बारेमा बुझ्न, छलफल गर्न एमटियु ,केसीटियु र वकिलको प्रतिनिधिले कानुन मन्त्रालय बिदेशी बसाई सराई ब्याबस्थापन बिभाग प्रमुख लगायतलाई कानुन मन्त्रलायमा भेटि छलफल गरिएको थियो । छलफलको क्रममा अन्य बिशेष कारण नभएको अवस्थामा
अपराधिक गतिबिधि नगरेको , टीबी रोग नलागेको लगायत ) C-3 भिषा दिने कुरा साचो हो भनि बताएको छ ।जादा आट गरेर जानु होला) अहिले दिनमा सरदर ३७० जना बिना भिषाको बिदेशी फिर्ता हुने गरेको कुरा पनि बताएको छ । हाल कोरियामा ३ लाख ८० हजार बिदेशी बिना भिषा बसोबास गरिएको छन ।
यो संख्या मध्ये ७० प्रतिसत छोटो अवधि बसोबास गर्न पाउने भीषा लिएर आई बिना भिषा बसोबास गर्ने छन भने रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आएर बिना भिषा बस्नेको जम्मा संख्या ४१,०८७ जना छन् भने नेपालीको सख्या १४४५ जना छन ।भेटघाटमा एमटियु केसिटियुले कोरियन सरकारले बिना भिषा बसोबास गरिरहेको बिदेशीको सख्या घटाउने बारेमा यस्तो अस्थाई योजना होइन स्थाई योजना ल्याउनु पर्ने , प्रवासी श्रमिक लगायतले भिषा नगुमाउने स्थाई योजना ल्याउनु पर्ने , अहिलेको गलत नीति नियम परिबर्तन गर्नु पर्ने ,
बिना भिषामा रहेको विदेशीले कोरियनले गर्न नचाहने काम गरि बसोबास गरिरहेको ,कोरियाको आर्थिक बिकाशमा ठुलो योगदान गरिरहेको हुनाले अहिले बिना भिषा बसोबास गरिरहेको सबैलाई कोरियामै भिषा दिनु पर्ने ,धरपकड गर्न बन्द गर्नु पर्ने , जरीवान लिन नहुने ,महि माग्ने ढुङ्ग्रो लुकाउने जस्तो व्यवहार सरकारले गर्न नहुने लगायतको माग गरिएको छ ।एमटियु केसीटियुले लगातार यस्तो माग गरि संघर्ष गर्दै आइरहेको छ ।