कोरियन ब्याण्ड विटिएसले खाली खुट्टै कन्सर्ट गर्यो
- by siddhartha@post
- 12 months ago
- 0 comments

सोल/दक्षिण कोरिया ,कोरियाली प्रसिद्ध पप संगित ब्यान्ड विटिएसले आफ्नो आगामी एल्वम ‘म्याप अफ द सिओल-७’ अन्तरगतको एक गीत ‘ब्ल्याक स्वान’ को पहिलो स्टेज सो बुधवार सम्पन्न गरेको छ ।हल्का अध्याँरो जंगलको पृष्ठभुमीमा खाली खुट्टै गरिएको उक्त प्रस्तुतीमा ब्यान्डका ७ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
अङ्क ७ को बारे उल्लेख गर्दै ब्यान्डका एक सदस्य आरएमका अनुसार यो बर्ष उनीहरुको ब्यान्ड सुरु भएको ७ बर्ष भएको र आफ्नो टोलीमा पनि ७ जना नै भएका कारण आफूहरुका लागि यो नम्बर लक्कि भएका कारण राखेको उनले बताएका छन् ।उनले के पप म्युजिक को विश्वव्यापिकरणले आफूहरुलाई अझ उत्साहित बनाएको पनि उनले बताएका छन् ।
स्मरण रहोस्, विटिएसले सन् २०२० मा आफ्नो विश्वभ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ । र उसले कनेक्ट नाम दिइएको बृहत कला प्रदर्शनी मार्फत विश्वभरका संगितप्रेमीहरुलाई जोड्ने पनि जनाएको छ ।
दक्षिण कोरियामा ७० प्रतिशत जनता चरम असमानताको पिडामा
सोल-हालै दक्षिण कोरियामा गरिएको एक सर्वेक्षण अनुसार यहाँका करिव ७० प्रतिशत जनताले आफूहरु चरम असमानताको शिकार भएको बताएका छन् ।सर्वेक्षणका अनुसार ४१.१ प्रतिशत जनताहरुले आफूहरु माथि रियल स्टेट व्यवसायमा विभेद गरिएको, २४.१ प्रतिशतले राजनितिक तथा सामाजिक सहभागितामा तथा २०.८ प्रतिशतले रोजगारमा आफूमाथि विभेद गरिएको प्रतिकृया दिएका छन् ।
हान्गुक रिसर्चले सेन्टर सोलले गरेको सर्भेक्षण अनुसार १८ बर्ष भन्दा बढी उमेर समुहका १००० जनामा गरेको टेलिफोन सर्वेले उक्त नतिजा देखाएको हो ।सर्वेक्षणका अनुसार ७८.६ प्रतिशत मानिसहरुले आफुले आर्जन गर्ने गरेको आयश्रोतमा विभेद गरिएको बताएका छन् । यो विभेदको कारण सरकारको गरिवी निवारण रणनिति कारक रहेको पनि उनीहरुले बताएका छन् ।
रोजगार दिने क्रममा पनि विभेद गरिएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार युवा पुस्ता र उमेर ढल्कदै गएका मानिसहरु वीचमा ठूलो विभेद गर्ने गरिएको उनीहरुले बताएका छन् ।यसका अलावा उनीहरुले धनी र गरिव, युवा र प्रौढ तथा सामाजिक, सांस्कृतिक तथा अन्य विभिन्न प्रकारका विभेद कोरियामा व्याप्त रहेको भन्दै यस्ता प्रकारका विभेदहरु कायम रहेसम्म कोरियाको समृद्धिको यात्रा सोचे अनुरुप अगाडी बढ्न नसक्ने समेत बताएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।