News

कोरोना बिरुद्ध लड्न संसारका धनीहरु सहयोग जुटाउदै

काठमाडौँ-चीनका दोस्रो सर्वाधिक धनी व्यक्ति ज्याकमाको कम्पनी अली बाबाले आफूले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेका छन । उनले यसको केही रकम कोरोनाभाइरसको इन्जेक्सन विकसित गर्ने संस्थालाई पनि दिने बताएका छन् ।यस बाहेक उनले आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम, कम्प्युटिङ सिस्टम, टेली कम्युनिकेशन

लगायतका अन्य क्षेत्रमा समेत सहयोग गर्ने बताएको उनको आधिकारिक सामाजिक सञ्जाललाई उल्लेख गर्दै चीनको सरकारी समाचार संस्थाले जनाएको छ । यसैबीच संसारभरीका धनी व्यक्ति कोरोना भाइरसबाट लड्नका लागि एकजुट भएका छन् । यी सबैले करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसमा सबैभन्दा धेरै ज्याक माले दिएका छन् । यति पैसामा चीनले कोरोना भाइरसबाट पीडित व्यक्तिका लागि चारवटा अस्पताल बनाउन सक्ने बताइएको छ । चीनबाट संसारभरी फैलिरहेको नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् । यीमध्ये ७ हजार ७ सय ७१ जना त चीनमा मात्रै छन् । यो भाइरसको संक्रमणका कारण बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ ।

टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोना भाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर घोषणा गरेको छ । यो राशी बुहानमा बनिरहेको हजार शय्याको बेड भएको अस्पतालका लागि निर्धारित गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post