बिचार/ब्लग

भिपिएन ( VPN ) प्रयोग गर्नुका फाईदाहरु !

भर्चुअल प्राइभेट नेटवर्कको छोटो रुप नै भिपिएन हो । यसको मद्दतले इन्टरनेटमा कम्प्युटर वा उपकरणलाई अर्को नेटवर्कमा जोड्न सकिन्छ । यसलाई निश्चित सीमा भन्दा बाहिर हेर्न नपाइने भने बन्देज लगाइएको वेबसाइटमा प्रवेश गर्न यसको प्रयोग गर्न सकिन्छ । यसले तपाईले गरिरहनु भएको ब्राउजिङ गतिविधिलाई सार्वजनिक वाइ–फाई वा अरुको नजरबाट बचाउँछ ।

आजभोलि भीपीएन निकै लोकप्रिय भएको छ । तर यसको लोकिप्रियता मौलिक रुपमा जेका लागि सृजित भएको हो यसले गर्दा चाँहि बढेको होइन । शुरुमा भीपीएन इन्टरनेटमा व्यवसायीक सञ्जालहरुलाई सुरक्षित तवरले जोड्ने तरिका थियो । यसको मद्दतले घरबाटै कुनै व्यवसायीक सञ्जालमा पहुँच हासिल गर्न सकिन्थ्यो ।

भीपीएनले सजिलै तपाईको नेटवर्क ट्राफिकलाई अन्य नेटवर्क ट्राफिकमा पठाउँछ । यसका अनेक फाइदा छन् । यी मध्ये केही भने टाढा बसेर स्थानीय नेटवर्क रिसोर्समा प्रवेश गर्ने र इन्टरनेट सेन्सरशिप बाइपास गर्ने आदि हुन् । अधिकांश अपरेटिङ सिष्टमले भीपीएन सपोर्टलाई समायोजन गर्ने गरेका छन् ।

यसले कसरी मद्दत गर्छ ?

साधारण शब्दमा भन्नु पर्दा भीपीएनले पर्सनल कम्प्युटर, स्मार्टफोन वा ट्याबलेटलाई इन्टरनेटमा अन्यत्रै भएको अर्को कम्प्युटर (जस्तै सर्भर)सँग जोड्छ । अनि कम्प्युटरको इन्टरनेट कनेक्शन प्रयोग गरेर इन्टरनेट ब्राउज गर्ने अनुमति दिन्छ । सर्भर अर्कै देशमा छ भने पनि भीपीएनले गर्दा तपाई पनि सोही देशबाट आएको जस्तै देखिन्छ । अनि तपाईले सामान्य किसिमले नै सो सर्भरमा प्रवेश गर्न सक्नु हुनेछ । त्यसो भए यसले मलाई कसरी मद्दत गर्छ ? भन्ने प्रश्न तपाईको मनमा आएको छ । राम्रो प्रश्न गर्नु भयो । तपाईले भीपीएन निम्नानुसार प्रयोग गर्न सक्नु हुनेछ

– वेबसाइट वा अडियो तथा भिडियोमा भौगोलिक बन्देज पाखा लगाउन ।
– नेटफ्लिक्स वा हुलु जस्ता स्ट्रिमिङ मिडिया हेर्न ।
– अविश्वसनीय वाइ–फाइ हटस्पटको हस्तक्षेपबाट बच्न ।
– तपाईको वास्तविक अवस्थिति लुकाएर अनलाइनमा प्राइभेसी कायम गर्न ।
– टोरेन्टिङ नगरीकन लग गर्नबाट बच्न ।

आजभोलि धेरैजसो मानिसहरुले अर्को देशको कन्टेन्ट हेर्नका लागि टोरेन्टिङ गर्न वा भौगोलिक बन्देज पाखा लगाउन भीपीएनको प्रयोग गरिरहेका छन् । यो अझै पनि उपयोगी छ ।

भीपीएन कसरी लिने ? कुन चाँहि भीपीएन छान्ने ?

आफ्नो आवश्यकता अनुसार तपाईले कार्यस्थलकै भीपीएन प्रयोग गर्न सक्नु हुनेछ । आफैंले भीपीएन सर्भर बनाउन सक्नु हुनेछ । अनि कहिलेकाँही आफ्नै घरबाटै भीपीएन होष्ट गर्न पनि सक्नु हुनेछ । तर अधिकांश मानिसहरुले भने टोरेन्टिङ गर्दा आफूलाई जोगाउन र आफ्नो देशबाट प्रवेश गर्न नसकिने केही मिडिया अनलाइन हेर्नका लागि मात्रै भीपीएन खोज्दछन् ।

भीपीएन लिने हो भने तपाईले गर्न सक्ने सबैभन्दा सहज कुरा तल दिइएको साइटहरुमा साइन अप गर्ने अनि विन्डोज पीसी, म्याक, एन्ड्रोइड, आइफोन वा आइप्याडका लागि भीपीएन क्लाइन्ट डाउनलोड गर्ने हो । यो अति नै सजिलो हुन्छ ।

एक्सप्रेस भीपीएन

यो भीपीएन सर्भर प्रयोग गर्न सजिलो त छ नै, सर्भर पनि छिटो छ । यसले सस्तो मूल्यमा मिडिया स्ट्रिमिङ र टोरेन्टिङ सपोर्ट गर्छ ।

ब्यक्तिगत रुपमा पनि प्रयोग गर्दै आइरहेकाले हामीले सुझाउन सक्ने भिपिएन एक्सप्रेस भिपिएन नै हो ।

तपाई पनि प्रयोग गर्न चाहानुहुन्छ भने यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस् । यसमा ३० दिनको मनि–ब्याक ग्यारेण्टि पनि छ ।

टनेल बियर – यो भीपीएन पनि प्रयोग गर्न सहज नै छ । यसमा सीमित निःशुल्क टायर हुन्छ । टोरेन्टिङ वा मिडिया स्ट्रिम गर्न भने यो त्यति उपयोगी छैन ।

स्ट्रङ भीपीएन – माथि बताइएका अन्य भीपीएनको जस्तो यो चलाउन सजिलो छैन । तर यसलाई टोरेन्टिङ र मिडिया स्ट्रिम गर्न चाँहि चलाउन सकिन्छ ।

यि मात्र नभएर अन्य धेरै भिपिएनहरु बजारमा पाइन्छन, फ्रि कै भिपिएनहरु पनि हुन्छन् तर साइबर सेक्युरिटी एक्सपर्टहरुले भने निःशुल्क भनिएका भिपिएनहरुको प्रयोग नगर्न सुझाव दिन्छन् । फ्रि भिपिएन नेटवर्कहरुलेनै प्रयोगकर्ताहरुको डाटा चोरी गरे बेच्नेगरेको भेटिएकाले धेरैको सुझाव आवश्यकता छ भने किनेर नै चलाउनु भन्ने हुन्छ ।

भीपीएनले कसरी काम गर्छ ?

तपाईले आफ्नो कम्प्युटर (वा स्मार्टफोन अथवा ट्याबलेट जस्ता अन्य उपकरण)लाई भीपीएनमा जोड्नुभयो भने भीपीएन झैं कम्प्युटरले पनि स्थानीय नेटवर्कमा भएजस्तै काम गर्छ । तपाईको सबै नेटवर्क ट्राफिकलाई भीपीएनमा भएका सुरक्षित कनेक्शनमा पठाइन्छ । तपाईको कम्प्युटरले पनि स्थानीय नेटवर्कमा भएजस्तै व्यवहार गर्ने भएकोले तपाई संसारको अर्को कुनामा भएपनि सुरक्षित तवरले स्थानीय संसाधनमा प्रवेश मिल्छ । तपाई भीपीएनको यिअबतष्यल मा उचभकभलत भए जस्तै इनटरनेट प्रयोग गर्न सक्नु हुनेछ । तपाईले सार्वजनिक वाइ–फाई चलाइरहनु भएको छ वा भौगोलिक रुपमा प्रतिबन्ध लगाइएको वेबसाइट प्रयोग गरिरहनु भएको छ भने पनि यसबाट लाभ मिल्छ ।

भीपीएनमा कनेक्ट भएपछि वेब ब्राउज गर्दा तपाईको कम्प्युटरले इन्क्रिप्टेड भीपीएन कनेक्शनमार्फत वेबसाइटमा सम्पर्क गर्छ । भीपीएनले तपाईको तर्फबाट अनुरोध पठाउँछ र अनि वेबसाइटले सुरक्षित कनेक्सनको माध्यमबाट पठाएको प्रतिक्रिया पनि तपाईलाई फर्वार्ड गर्छ । तपाईले नेटफ्लिक्स चलाउन अमेरिकामा रहेको भीपीएनको प्रयोग गरिरहनु भएको छ भने नेटफ्लिक्सले तपाईको कनेक्सनलाई अमेरिकाबाट आइरहेकै कनेक्सनको रुपमा हेर्छ ।

Nepali In Japan बाट

Author Since: Dec 06, 2019

Related Post