जापान समाचार

टोकियोमा नेपालीद्वारा संचालित रेष्टुरेन्टमा २ भारतीय मृत भेटिए

टोकियो । नेपालीको लगानीमा संचालन भैरहेको एक रेष्टुरेन्टमा २ जना भारतीय नागरिक मृत भेटिएका छन् । टोकियोको ओता वार्ड नाकारोकुगोस्थित तानसेन भ्यू नामक इण्डियन नेपाली रेष्टुरेन्टमा ति २ जना बिहिबार मृत भेटिएका हुन । उनीहरुमध्ये एक किचनसंगै जोडिएको सोफामा थिए भने अर्का एक कुर्सीमा मृत अवस्थामा थिए । मृतकहरु दुबैजनाले सोही रेष्टुरेन्टमा काम गर्ने गर्दथे ।

अन्दाजी ४० बर्षका दुईमध्ये एकले गत महिनामात्रै सो रेष्टुरेन्टमा काम सुरु गरेको खुलेको छ । रेष्टुरेन्ट संचालक श्रोतबाट प्राप्त जानकारी अनुसार सानो रेष्टुरेन्ट, हावा वाहिर फाल्ने पंखा नचलाइएको अवस्थामा रहेको र नान बनाउने चुल्हो चालू अवस्थामा थियो । फोन गर्दा फोन नउठेपछि संचालकमध्येका एक पसलमा पुगेका थिए ।

उनकै अनुरोधमा नजिकै क्लिनिक संचालन गरिरहेकी स्थानीय महिलाले प्रहरीलाई खबर गरेकी थिइन ।प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृत अवस्थामा भेटिएका थिए ।माइनिची सिम्बुनको अनलाइन संस्करणमा प्रकाशित एक समाचारमा जनाइएअनुसार कोठामा कार्बनमोनो अक्साईडको मात्र अधिक भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती दुइजना निस्सासिएका कारण मृ’त्यु भएको हुनसक्ने आशंका छ । प्रहरीले संचालकसंग सोधपुछ गरेको छ भने बाँकी अनुसन्धान गरिरहेको छ ।

Author Since: Dec 06, 2019

Related Post