कोरिया खबर

दक्षिण कोरियाको आधा जनसंख्या अपार्टमेन्टमा बस्छन्

सोल– दक्षिण कोरियाको आधा जनसंख्या अपार्टमा र आधा जनसंख्या सामान्य घरमा बस्ने गरेको तथ्यांक सार्बजनिक भएको छ ।यहाँको तथ्यांक विभागले हाल कोरियामा दुई परिवार मध्ये एक परिवार अपार्टमेन्टमा बस्न थालेको तथ्यांक सार्वजनिक गरेको हो ।तथ्यांक विभागका अनुसार यसरि यत्तिको धेरै संख्यामा मानिसहरु अपार्टमेन्टमा बस्न

थालेको यो पहिलो घटना हो जसमा ५० प्रतिशत भन्दा बढी मानिसहरु अपार्टमेन्टमा बस्न थालेका छन् । गत बर्ष कोरियामा करिव २०.५ मिलियन घरहरु रहेका थिए भने यस बर्ष १९.९८ मिलियन घरहरु रहेका छन् र यि मध्ये १०.०१ अर्थात ५०.०१ प्रतिशत परिवारहरु अपार्टमेन्टमा रहन थालेका छन् ।

यसमा १७००० सामुदायीक घरहरु, नर्सिङ होमहरु, विश्वविद्यालयका होस्टलहरु तथा विदेशी बस्ने करिव ५ लाख घरहरु समावेस नगरिएको कोरियाली तथ्यांक विभागका एक अधिकारीले बताए । पछिल्लो समयमा अपार्टमेन्टको अवधारणाबाट प्रभावित धेरै जसो मानिसहरुले आफू बस्दै आएको घर खाली गर्दै अपार्टमेन्टमा बसाइ सर्न थालेको पाइएको छ ।

एक प्रतिनिधि घटना सार्वजनिक गर्दै तथ्यांक विभागका कर्मचारीका अनुसार ख्यंगी प्रान्तमा मात्र हाल २ लाख ५० हजार घरहरु मानव वस्तीरहित भएको बताएका छन् । यस प्रदेशमा हरेक तीनमा एक घर तीस बर्ष पुरानो रहेको पनि उनले जानकारी दिएका छन् ।

Author Since: Dec 06, 2019

Related Post