कोरिया खबर

कोरियामा अबैधानिक बस्ने विदेशी कामदारलाई खुशीको खबर !

कोरियाको कानुन मन्त्रालयले बिना भिषा बसोबास गरिरहेका बिदेशी नागरिक जो यो डिसेम्बर महिनाको ११ देखि २०२० को जुन महिना सम्ममा स्वइच्छाले आफ्नो देश फिर्ता हुन्छ उसलाई निश्चित अवधि पुरा गरि छोटो समय भ्रमण गर्न पाउने (C-3 Visa ९० दिन ) दिने अनि यो भिषा प्राप्त गरि कोरिया प्रवेश गरेर भिषा अवधि भित्र फर्किएमा १ बर्षको दोहोरो आवतजावत गर्ने भिषा (C-3) दिने भनिएको छ।

यसको लागी यो अवधिमा प्रस्थान गर्दा स्वइच्छाले प्रस्थान गरेको भनि पुष्टि गर्ने कागजात हुनु पर्नेछ ।भिषाको लागि आबेदन दिने समयमा कुनै अपराधिक गतिबिधि नगरेको ,सरुवा रोग (टिबि) नलागेको प्रमाणित भएमा पुन प्रवेश गर्न मौका दिइनेछ।

कहिले गएमा कहिले भिषाको लागि आबेदन दिन सकिनेछ त ?

२०१९ -१२-११ देखि २०२०-३-३१ सम्ममा जानको लागि जानकारी गराएर फिर्ता गएमा गएको दिनदेखि ३ महिना पछि देखि भिषाको लागि आबेदन दिन सकिने छ ।२०२०-४-१ देखि ४-३० सम्म जनाकोलागी जानकारी गराएर गएमा फर्केको मितिदेखि ४ महिना पछी देखि ।२०२० -५-१ देखि -५-३१ सम्ममा फर्कनेले फर्केको मितिदेखि ५ महिनादेखि ।२०२० -६-१ देखि ६-३० सम्ममा फर्कनेले फर्केको दिनदेखि ६ महिना पछिदेखि भिषाकोलागि आबेदन दिन सक्नेछ ।

कोरियान अध्यगमनले अवैधानिक कामदार आफ्नो देश फिर्ता हुने समय अबधि तोकिनुका साथै बिना भिषा काम साथै बसोबास गरिरहेको बिदेशि नागरिकलाइ कोरियन कानुन मन्त्रालयले केहि शर्त राखि डिसेम्बर ११ तारिक आज देखि २०२० जुन महिनाको ३० तारिक सम्ममा स्वइच्छाले स्व्देश फिर्ता हुन अवधि तोकेको छ। सो अवधिमा देश फिर्ता हुनेलाई जरिवाना तिर्नु नपर्नुका साथै पुन कोरिया प्रवेश गर्नु सकिने छ ।

Author Since: Dec 06, 2019

Related Post