कोरिया खबर

कोरियामा श्रम नीति परिवर्तन, मजदूरले हप्तामा ५२ घण्टा भन्दा बढी काम गर्न पाउने

सोल-दक्षिण कोरियाली सरकारले हालै आफ्नो श्रम नितिमा परिमार्जन गर्दै हप्तामा ५२ घण्टा मात्र काम गर्न पाउने प्रावधानलाई संसोधन गरेको छ ।सरकारले हालै सार्वजनिक गरेको नयाँ नीति अनुसार अत्यावश्यक क्षेत्रमा सेवा प्रदान गर्ने बाहेक अन्य क्षेत्रहरुमा मात्र यो नियम लागु हुने पनि जनाएको छ । तत्कालै कार्यान्वयनमा ल्याइने भनिएको उक्त परिमार्जित नियम अनुसार सरकारले श्रमीकहरुको हैसियतलाई

अझ माथि उकास्न त्यस्तो बाध्यकारी नितिमा परिमार्जन ल्याई उनीहरुको थप अर्थोपार्जनमा सहयोग गर्ने पनि श्रम तथा रोजगार मन्त्रालयले उल्लेख गरेको छ । हालै परिमार्जित नियमले अत्यावश्यक सेवा प्रदायकहरुको हकमा भने काम गर्ने छैन । जोखिम तथा दुर्घटना ब्यवस्थापन, विपद ब्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुको

हकमा भने उक्त सुविधा प्रयोगमा नआउने बताइएको छ ।श्रम तथा रोजगार मन्त्रालयका अनुसार अन्य क्षेत्रका श्रमिकहरुले निश्चित अवधिका निम्ति हप्तामा ५२ घण्टा भन्दा बढी पनि काम गर्न पाउने भएका छन् । तर यसका निम्ति श्रमिकहरुले श्रम मन्त्रालयबाट स्वीकृति लिन अनिवनर्य रहेको छ । हप्तामा ५२ घण्टा मात्र काम गर्न पाउने नियम भने सन् २०१८ बाट लागु गरिएको थियो ।

विदेशी कामदार कार्यरत कोरियाको याङ्जुमा रहेको छाला कम्पनीमा भयानक आगलागी,२ को मृत्यु ८ घाईते !

गुरुदत्त न्यौपाने /सउल,दक्षिण कोरियाको याङ्जु शहर देखी नजिकै रहेको छाला प्रशोधन कम्पनीमा आज बिहान आगलागी भएको छ।आगलागीका कारण २ जनाको घटनास्थलमै मृ’त्यु भएको छ भने आठ जना घाईते भएको याङ्जु अग्नी नियन्त्रण कार्यालयले जनाएको छ।कार्यालयका अनुसार शुक्रबार बिहान ११:२५ मा आगलागी भएको थियो।शउल देखी २५ किलोमिटर उत्तरमा पर्ने याङ्जु शहर नजिकै रहेको कम्पनीमा उक्त घटना भएको थियो।

८ जना घाईते मध्य ४ जना बिदेशी नागरीक रहेको बताईएको छ यधपी कुन देशका कामदार हुन भन्ने अझै खुल्न सकेको छैन।घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराईरहेको र घाईतेमध्य २ जनाको अबश्था गम्भिर रहेको अग्नी नियन्त्रण कार्यालय याङ्जु शाखाले बताएको छ।जम्मा १३ जना कामदार रहेको उक्त कम्पनीमा १ जना आगलागी हुँदा भित्र नै हराएको भनिएको ब्याक्तीलाई प्रहरीले शकुसल उद्दार गरेर अस्पताल पर्याएको छ।

कम्पनीको खिसुक्सा (होस्टेल) मा प्रयोग गरिने बोईलर (हिटर) को कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।आगलागीको प्रमुख कारणको बारेमा उच्च अधिकारी तथा प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी प्रशाशनले बताएको छ।कोरियामा रहेर कम्पनी अथवा खिसुक्सामा बस्दा बोईलर हिटर तथा हिटिङ उपकरण हरु होशियारी भएर प्रयोग गर्न प्रहरीले सुझाएको छ।

Author Since: Dec 06, 2019

Related Post