कोरिया खबर

दक्षिण कोरियाले यसरी ल्यायो चीनबाट ५२६ जना आफ्ना नागरिकलाई

सौल दक्षिण कोरिया ,दक्षिण कोरियाले चीनमा रहेका आफ्ना नागरिकहरुलाई हवाईजहाज चार्टर गरेर देश फिर्ता गरेको छ ।यो पटकसम्म गरेर कोरियाले आफ्ना ५२६ जना नागरिकलाई स्वदेश भित्र्याईसकेको हो । शुरुमा २०० जना र दोस्रो दिन ३२६ जनालाई भित्र्याएको हो । k९८८४ कोरियन जहाजले पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गरेर एयरपोर्टसम्म

ओरालेपछि एयरपोर्टमा उनीहरुलाई बससम्म लैजानको लागी पनि फरक बाटो निर्धारण गरिएको थियो । एयरपोर्ट देखि नै उनीहरुलाई कडा निगरानीमा राख्दै डेउ कम्पनीको मझौला बसमा राखी सुरक्षित स्थानमा लगिएको छ ।उनीहरुलाईआनसान स्थित छुट्टै आवास निर्माण गरेर राख्ने ब्यबस्था गरिएको घरसम्म पुर्याईएको छ ।

उनीहरुलाई कडा निगरानीमा राखिने जानाएको छ।

विदेशी कामदार कार्यरत कोरियाको याङ्जुमा रहेको छाला कम्पनीमा भयानक आगलागी,२ को मृत्यु ८ घाईते

गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियाको याङ्जु शहर देखी नजिकै रहेको छाला प्रशोधन कम्पनीमा आज बिहान आगलागी भएको छ।आगलागीका कारण २ जनाको घटनास्थलमै मृ’त्यु भएको छ भने आठ जना घाईते भएको याङ्जु अग्नी नियन्त्रण कार्यालयले जनाएको छ।कार्यालयका अनुसार शुक्रबार बिहान ११:२५ मा आगलागी भएको थियो।शउल देखी २५ किलोमिटर उत्तरमा पर्ने याङ्जु शहर नजिकै रहेको कम्पनीमा उक्त घटना भएको थियो।

८ जना घाईते मध्य ४ जना बिदेशी नागरीक रहेको बताईएको छ यधपी कुन देशका कामदार हुन भन्ने अझै खुल्न सकेको छैन।घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराईरहेको र घाईतेमध्य २ जनाको अबश्था गम्भिर रहेको अग्नी नियन्त्रण कार्यालय याङ्जु शाखाले बताएको छ।
जम्मा १३ जना कामदार रहेको उक्त कम्पनीमा १ जना आगलागी हुँदा भित्र नै हराएको भनिएको ब्याक्तीलाई प्रहरीले शकुसल उद्दार गरेर अस्पताल पर्याएको छ।

कम्पनीको खिसुक्सा (होस्टेल) मा प्रयोग गरिने बोईलर (हिटर) को कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।आगलागीको प्रमुख कारणको बारेमा उच्च अधिकारी तथा प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी प्रशाशनले बताएको छ।कोरियामा रहेर कम्पनी अथवा खिसुक्सामा बस्दा बोईलर हिटर तथा हिटिङ उपकरण हरु होशियारी भएर प्रयोग गर्न प्रहरीले सुझाएको छ।

Author Since: Dec 06, 2019

Related Post