कोरिया खबर

कोरियामा कोरोना भाइरसको कारण मानिसहरुको जमघटलाइ निषेध ।

सौल दक्षिण कोरिया ,चीनबाट फैलिएको खतरनाक भाईरस कोरोना भाईरसको कारण दक्षिण कोरियामा हप्ताको अन्त्य अथवा शनिवार र आईतवार पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु लाई निषेध गर्ने तथा कार्यक्रम नगर्न सम्पूर्णलाई अनुरोध गरेको छ ।यसमा बिदेशी परामर्श केन्द्रहरु , इन्स्टीट्य़ुटहरु , सांस्कृतिक कार्यक्रमहरु लगायत मानिसहरु भेला भएर गरिने कुनै पनि कार्यक्रम हरु नगर्न सुचना जारी गरेको छ ।

बाहिर हिड्दा विशेष मास्कको प्रयोग गरेर मात्रै बाहिर निस्कन भनिएको छ।अहिले चीनमा देखिएको खतरनाक भाइरसका कारण विश्व नै ससंकित भएको छ । यसको प्रभाव एसिया लगायत एक दर्जन देशहरुमा देखिन लागेको छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गरिसकेको छ ।

आजसम्म २५६ जनाले यहि भाईरसका कारण ज्यान गुमाईसकेको छन् । चीनको लगभग सबै भूभागमा फैलेको यस भाइरस नियन्त्रण गर्न चिन सरकारलाई चुनौती बनेको छ ।

विदेशी कामदार कार्यरत कोरियाको याङ्जुमा रहेको छाला कम्पनीमा भयानक आगलागी,२ को मृत्यु ८ घाईते !

दक्षिण कोरियाको याङ्जु शहर देखी नजिकै रहेको छाला प्रशोधन कम्पनीमा आज बिहान आगलागी भएको छ।आगलागीका कारण २ जनाको घटनास्थलमै मृ’त्यु भएको छ भने आठ जना घाईते भएको याङ्जु अग्नी नियन्त्रण कार्यालयले जनाएको छ।कार्यालयका अनुसार शुक्रबार बिहान ११:२५ मा आगलागी भएको थियो।शउल देखी २५ किलोमिटर उत्तरमा पर्ने याङ्जु शहर नजिकै रहेको कम्पनीमा उक्त घटना भएको थियो।

८ जना घाईते मध्य ४ जना बिदेशी नागरीक रहेको बताईएको छ यधपी कुन देशका कामदार हुन भन्ने अझै खुल्न सकेको छैन।घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराईरहेको र घाईतेमध्य २ जनाको अबश्था गम्भिर रहेको अग्नी नियन्त्रण कार्यालय याङ्जु शाखाले बताएको छ।जम्मा १३ जना कामदार रहेको उक्त कम्पनीमा १ जना आगलागी हुँदा भित्र नै हराएको भनिएको ब्याक्तीलाई प्रहरीले शकुसल उद्दार गरेर अस्पताल पर्याएको छ।

कम्पनीको खिसुक्सा (होस्टेल) मा प्रयोग गरिने बोईलर (हिटर) को कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।आगलागीको प्रमुख कारणको बारेमा उच्च अधिकारी तथा प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी प्रशाशनले बताएको छ।कोरियामा रहेर कम्पनी अथवा खिसुक्सामा बस्दा बोईलर हिटर तथा हिटिङ उपकरण हरु होशियारी भएर प्रयोग गर्न प्रहरीले सुझाएको छ।

Author Since: Dec 06, 2019

Related Post