News

जापानले चीनबाट जाने पर्यटकलाई प्रवेश निषेध गर्यो

टोकियो- जापानले चीनबाट जापान जना चाहने पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।चीनमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप आफ्नो देशमा समेत पर्ने सम्भावनालाई मध्यनजर गर्दै चीनको हुबेइबाट कसैलाई पनि जापान प्रवेश नदिने बताएको हो ।जापानी प्रधानमन्त्रीले जारी गरेको एक विज्ञप्तिका अनुसार तीब्र रुपमा फैलिरहेको यो रोगबाट आफ्ना नागरिकहरुलाई सुरक्षित

राख्न सो निर्णय गरेको पनि उनले बताएका छन् ।जापानी सरकारी अधिकारीका अनुसार जापानले कोरोना भाइरस प्रभावित क्षेत्र भएर यात्रा गर्ने तथा सो क्षेत्रबाट जारी भएका पासपोर्ट बाहाकलाई समेत जापान प्रवेशमा रोक लगाइएको हो ।हालसम्म जापान सरकारले चीनका विभिन्न क्षेत्रमा रहेका करिव ६ सय जापानी नागरिकहरुलाई

स्वदेश फर्काइसकेको , उनीहरुको कोरोना संक्रमण परिक्षण पनि गरेको र केही समयका लागि सरकारी आवासमै बस्नका लागि व्यवस्था मिलाइएको पनि जानकारी दिइसकेको छ । जापानको तल्लो सदनमा विपक्षि सांसदहरुले सरकारको कोरोना भाइरस प्रतिको नितिका विषयमा गम्भिर आलोचना गरे पछि संसदमा जवाफ दिदै प्रधानमन्त्रीले सो निर्णय संसदलाई जानकारी गराएका हुन् ।

सरकारले यात्रा निर्देशीका जारी गर्दै चीन भ्रमणलाई आफ्नो प्राथमिकतामा नराख्न पनि सरकारले आफ्ना नागरिक समक्ष अपिल गरेको छ । अब चीनको हुवानमा करिव १ सय ४० नागरिक रहेको बताउदै उनीहरुलाई पनि चाँडै स्वदेश फर्काइने सरकारले बताएको छ ।

Author Since: Dec 06, 2019

Related Post