कोरिया खबर

कोरियामा १ बर्षमा ३३ अर्ब प्लास्टिक कपकाे प्रयोग , मिलाएर राख्यो भने पृथ्वी देखी चन्द्रमा पुग्ने बाटो बन्ने !

सौल दक्षिण कोरिया ,कोरियामा एक बर्षमा ३३ अर्ब प्लास्टिक कप प्रयोग गरिएको तथ्याङ्क सार्वजनिक भएको छ । यदि तपाईं तिनीहरूलाई एक लाइनमा राख्नुहुन्छ भने, तपाईं ३८,४०० किलोमिटर बाटो बनाउन सक्नुहुनेछ त्यसो गर्दा यो बाटो पृथ्वी र चन्द्रमा बीचको दूरी भर्न सक्नुहुन्छ। डिस्पोजेबल प्लास्टिकको मात्राका बारेमा भने कुनै तथ्याङ्क रहेको छैन ,

यसमा २.३५ अरब प्लास्टिकका झोला र ०.९५ अर्ब बोतलको पानी प्रति वर्ष प्रयोग हुदै आएको छ ।ग्रीनपिसले गत महिना “डिस्पोजेबल टेम्प्टेसन, प्लास्टिक कोरिया” नामक रिपोर्ट प्रकाशित गर्‍यो र कोरियालीहरूले एक बर्षमा प्रयोग गरिएको प्लास्टिकको मात्रा उक्त सर्वेक्षणले सार्वजनिक गरेको छ ।

कोरियामा कोरोना भाइरसको कारण मानिसहरुको जमघटलाइ निषेध ।

सौल दक्षिण कोरिया ,चीनबाट फैलिएको खतरनाक भाईरस कोरोना भाईरसको कारण दक्षिण कोरियामा हप्ताको अन्त्य अथवा शनिवार र आईतवार पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु लाई निषेध गर्ने तथा कार्यक्रम नगर्न सम्पूर्णलाई अनुरोध गरेको छ ।यसमा बिदेशी परामर्श केन्द्रहरु , इन्स्टीट्य़ुटहरु , सांस्कृतिक कार्यक्रमहरु लगायत मानिसहरु भेला भएर गरिने कुनै पनि कार्यक्रम हरु नगर्न सुचना जारी गरेको छ ।

बाहिर हिड्दा विशेष मास्कको प्रयोग गरेर मात्रै बाहिर निस्कन भनिएको छ।अहिले चीनमा देखिएको खतरनाक भाइरसका कारण विश्व नै ससंकित भएको छ । यसको प्रभाव एसिया लगायत एक दर्जन देशहरुमा देखिन लागेको छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गरिसकेको छ । आजसम्म २५६ जनाले यहि भाईरसका कारण ज्यान गुमाईसकेको छन् । चीनको लगभग सबै भूभागमा फैलेको यस भाइरस नियन्त्रण गर्न चिन सरकारलाई चुनौती बनेको छ ।

Author Since: Dec 06, 2019

Related Post