कोरिया खबर

कोरियामा मार्फा रायो

हरिराम भन्डारी,नेपालको मार्फा रायो कोरियामा यो अवस्थामा उत्पादन गर्न सफल भॅए।अव कोरियाको फेछु साम्छु नेपालमा लैजाने सोच्तैछु।कृषि मुलश्च्य जीवनम ।सिद्दान्तले खान दिदैन।सुनकै धारामा नुहाउने डोनाल्ड ट्रम्पले त कृषिबाटै उत्पादन गरेको खान्छन र खेति अर्नी किसान ठुलो हो भन्छन।चिनियाॅ राष्ट्रपति आएर कुरीलाको झोल खाए।खाई न पाईका डाम्नाहरुले किसानलाई हिस्सि टिउॅरी अर्नि देस नेपाल रच।

परदेस नै किन नहोस ?आफ्नै देसको बिउलाई आफ्नै जिउले बनाएर ऑफै खाने र कसैले मागे भने दिने हैसियत राख्न सकेकोमा खुसि लाको छ।सानै भएनि उक्रामै अरे कि झै लाउनि ।म केवल फेसबुकका भित्तामा मात्र कृषिका कथा सुनॉउदिन।साउले गरि खा भनेर दिएको सानो टुक्रा जमिनलाई एउटा सानो नेपाल बनाएको छु।

मैले बनाको यो मार्फा साग थामयाङमा वरीपरी मेरो चिनजानका दाजुभाई दिदीबहिनीहरुलाई चखॉउन पॉए।कोरियनहरुले समेत सम्केपसालमा बेरेर नमु मासिस्यो भनेर खाए।नेपालको र कोरियाको हावापानी नमिल्ने हुनाले नेपालमा अगस्ट सेप्टेम्बर महिनामा रोपेर अक्टोबर देखि फेब्ररी सम्म खान सकिने यो साग कोरियामा यो मौसममा संभव रहेनछ।छिट्टै हिउँ परेको हुनाले म एक बर्ष असफल भँए।फेरी मार्चमा बिरुवा उत्पादन गरेर जुन महिना सम्म अच्छलेकिनको राम्रो भयो।हरियो बास्नादार रायो सागले थामयाङमा गतबर्ष निकै चर्चा पाएको थियो।

मैले भाई बैनिहरुलाई भन्नि गरेको छु।कोरिया हाम्रो लागि खुल्ला बिश्वबिद्यालय हो।डिप्रेसनबाट बँच्न पिडा भुल्न र समयको सदुपयोगको लागि सानो करेसाबारी प्रभावकारी हुने रहेछ।सानो गमलामा धनियॉ गोलभेडा साग लगाएर मनभुलाउन र मँहगो साग किन्ने पैसा जोगाउन सकिने रहेछ। एग्रीमा परियो ए राॅ दुख:पाईयो।अरुलाई सुख होला। दाम पैसा पनि अरुकै धेरै होला।कठै !मेरो कर्म भनेर दुखि हुन भन्दा खुसि हुनि उपाय यो गज्जाव लायो मलाई।आज बिउ रोप्यो एक दुई दिनमा टुसा पलाॅउछ ,बिरुवा हुन्छ,फुल्छ र फल्छ टिपेर खाॅदाको स्वर्गिय आनन्द काॅहा शव्दमा बर्णन गर्न सकिन्छ र।हरेक दिन मन हॅसाउने माध्याम हुनि रहेछ।कृषि क्षेत्रमा आएका दीदीबहिनीहरुले प्राय यो उपाय अवलम्बन गरेको देखियो।दाजुभाईहरु छुट्टिमा जाॅदा तिनपाने र सुकौटी ल्याॅउदा रहेछन ।दीदीबहिनीहरुले चाउचाउ चिउरा र बिउबिजन ल्याॅउदा रहेछन।हामि कृषि प्रधान देसका नागरिक हाम्रा पनि कृषिका अभ्यासहरु उत्कृष्ट छन।सप्पै कोरियाको मात्रै राम्रा देखिएन।उदाहरणको लागि मकै मिलाएर छर्न म बसेको ठाॅउ तिर कोरियनहरुले जानेनन।

मैले हलोको सियोमा लगाए जसरी छरेर ठिक साईजमा उम्रेपछि प्रसंसा गरे।यिनिहरुले बिरुवा सार्ने चलन रहेछ। टनेल बाहिर थाक्रा पुरै ढलाएर हाल्ने गर्दा रहेछन मैले ठड्याएर काॅक्रा घिरौला फलाॅए । मेरो अनुभवमा के देखियो भने आधुनिक प्लास्टिक घर प्रविधिमा कोरिया चमत्कारै छ।तर खुल्ला जमिनका कृषि अभ्यासहरु नॅया पुस्ता अनभिज्ञ छन।ति कुरामा नेपाल अगाडि छ।कोरियाको कृषि घन घोटेर बन्चरो बनाएको हो।जल,जमिन कोरियाले पाएको प्राकृतिक बरदान नै हो।

मौसमले साथ नदिदा हिउॅदमा लसुन र प्याज बाहेक खुल्लामा केहि हुदैन।उता नेपालको सवै जमिन सर्वोत्तम नभएपनि भिरमा समेत मौरीको मह उत्पादन गर्न सकिन्छ।मौसम त नेपालले बरदाननै पाएको हो।३खेती हुने हिमाल पाहाड र तराईमा फरक हावापानी मौसम पाईन्छ।सर्लाहीको लालबन्दीमा टमाटर नहुने बर्षा ऋतुमा मुस्ताङको मार्फामा उस्तै टमाटर फल्छ।विविधतायुक्त अवसरको सदुपयोग गर्ने होशै आएन।१०औ हजार व्यवसाईक कृषिमा ५बर्षको ब्यवहारिक अनुभव लिएर कोरियाबाट फर्कने युवायुवतीहरुलाई सरकारले परिचालन गर्ने वातावरण भएमा कृषिमा आमुल परिबर्तन गर्न सकिन्छ।भविष्य हाम्रो हातमा छ।धन्यवाद!

Author Since: Dec 06, 2019

Related Post