News

‘द लिडर’ — रवि लामिछानेको सफलताको परिणाम हो : एचबी ताम्राकार

लेखक — एचबी ताम्राकार ,‘द लिडर’— यो राष्ट्रको सेवक हो । जनताको आवाज़ हो । आवाजविहिनहरुको मेरुदण्ड हो । लिडर धेरै भए । धेरै जन्मिदैछन् । तर, एक राष्ट्रसेवक देशले खोजिरहेको छ । सवैले कुरा गरिरहेका छौ की हाम्रो देशमा राजनेताको आवश्यकता छ । जनतालाई प्रयोगकोभाडो बनाएर आफु चम्किने लिडर पक्कैपनि लिडर होईन् ।रबि दाईले चितवन हिरासतमा रहदा धेरै कुरा नजिकबाट देखेका छन् ।

जनताको मायॉं अत्यधिक पाउनु एक पत्रकारकालागि सामान्य विषय होईन् ।केहिले रबि लामिछाने पत्रकार होईनन् भन्नु उनिहरुकालागिरमाईलोको विषय बन्ला तर पत्रकार हुन भनेर जनताले मुटुमा राखेको कुरा विर्सिने स्वाठहरुलाई आजको यो सुरुआतले दुखीआत्माहरुको मुटुमा प्वाल पारिदिएको छ । स्वाँस फेर्न गार्हो भए चिन्ता लिनुपर्दैन , रासकोट नमुना अस्पताल ज़िन्दाबाद छ । रबि दाईलेहामीसंग भन्नु भएको थियो , म केहि नयॉं गर्न चाहन्छु । जनताको मायॉंको सम्मान गर्न चाहन्छु । देशको हितकालागि मेरो नयॉं कन्सेप्टबाहिर ल्याउने तयारीमा छु । यो लोगो त्यो बेला असाध्यै मन परेको थियो ।

सार्वजनिक गरिदिउ की सुभकामना दिदै भनेर बसेको थिए तरहामीले यस्तो गम्भिर विषयमा गोपनीयता ल्याउनै पर्थ्यो र ल्यायौ । आज दाईले भनेको कुरा प्रमाणीत गरेर देखाउनु भयो । अब , सुरआतभयो तर अन्य भनेको समृद्ध नेपाल निर्माणको अभियान हो । सवै जुटौ ।आजको दिन एतिहासिक दिन सावित हुनेछ ।किनकी एक शेरलेसुरु गरेको अभियानमा लाखौ शेरहरु काध हालेर बसेका छन् ।मंङ्सिर २६ गते बिहिबार अत्यन्तै राम्रो समय हो ।म बिहिबार जन्मेकालेआजको दिन मेरालागि विशेष नै बनेको छ ।आम युवाहरुकालागि र रबि दाई लगायत सवै नेपालीकालागि एक खुसीको पल हो ।

काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिनु ले रबि दाईको सपना , चितवनमा देखिएकोजनसागरको मायॉंको परिणाम हो ।न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुरामभट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् । उहॉंहरुको आगमनले केहि नयॉं पक्कै हुनेछ ।रबि दाई काअनुसार, त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ ।आम दर्शकको चाहना को हो ।

दुईजना हामीछनौट गरौ । दुई जना व्यक्तित्वमा , रमेश खरेल , कुलमान घिसीङ् , रमेश प्रशाई , हिमानी शाहा , सुरेन्द्र केसी, रेखा थापा, निगमहुमागाई वा अरु पनि धेरै छन् । दुईजना जनताबाट छानेर राखौ ।आफ्नो विचार सवैले सेअर गरौ । हाम्रा आदरणीय रबि दाई कार्यक्रमकोप्रस्तोता रहेका छन् ।आज प्रस्तोता हुनुहुनेछन् , भोली समयले “द लिडर” यो राष्ट्रको सेवक दाई नै हुनेछन् ।

जय देश , जय स्वाभिमान

Author Since: Dec 06, 2019

Related Post