कोरिया खबर

कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दो , संक्रमितको संख्या १५ पुग्यो

गत महिनादेखि चीनको वुहान सहर बाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि बढेको छ । आइतबार थप ३ जनामा प्रमाणित भएसंगै कोरियामा संक्रमितको संख्या १५ पुगेको कोरिया रोग नियन्त्रण केन्द्र (KCDC)ले जनाएको छ ।संक्रमित देखिएका धेरैजसो पछिल्लो समय चीनको वुहान शहर देखि फर्किएका कोरियाली नागरिक छन् ।

ति मध्ये २ जना महिला छन् भने १३ जना पुरुष छन् । एकजना भने चिनिया महिला रहेको बताइएको छ । चीनको वुहान शहरमा भाइरसको संक्रमण फैलिएपछी कोरियाले त्यहा रहेका ३६८ जना आफ्ना नागरिकलाइ स्वदेश फिर्ता ल्याएको छ ।हाल उनीहरुलाई आन्सान स्थित बिसेष निगरानी स्थलमा राखिएको छ ।

उनीहरुलाई शुक्रबार चार्टर बिमान मार्फत किम्पो विमानस्थल ल्याइएको थियो । रुखोकी ,उच्च ज्वोरो तथा निमोनिया जस्तो लक्षण देखिने उक्त रोगका कारण हाल सम्म ३०४ जनाको ज्यान गैसकेको छ भने १४ हजार भन्दा धेरैमा सो भाइरसको संक्रमण देखा परेको छ ।कोरिया भित्र उक्त भाइरस संक्रमणको शंका लागेमा आपतकालीन कल सेन्टर १३३९मा फोन गरि सहयोग लिन सकिने रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

Hellonepalkorea.com बाट

Author Since: Dec 06, 2019

Related Post