कोरिया खबर

कोरियामा आर्थिक अभावमा अस्पतालमा अलपत्र नेपाली यूवालाई छुसक महाधमाका को १० लाख सहयोग !

सउल/दक्षिण कोरिया , कोरियामा आपातकालीन राहतकोष स्थापनार्थ नेपालीका लागी दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा लामो समय देखि बिरामी परि अस्पतालमा उपचार्थ रहेका एक यूवालाई १० लाख वोन सहयोग रकम हस्तान्तरण गरेको छ ।

उपचारमा लागेको रकम तिर्न नसक्दा उनी लामो समय देखि अस्पतालको बेडमा कष्टकर जिवन विताइरहेका छन् ।प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषीमा कार्यरत थिय । अनेकौँ सपना सजायर कोरिया आयका उनी कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले सम्म अस्पतालको बेडमा उपचार गराइ रहेका छन् ।

कोषमा संकलित रकम बाट कोरिया प्रवेश गरेको २ महिनामै दुर्घटनामा परि लामो समय सम्म अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेका प्युठानका सुजल जिसीलाइ १० लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ ।

कोरियामा राहतकोष संकलन अभियानका अभियन्ता लक्ष्मी नारायण बस्नेत द्वारा आज आइतबार  अस्पतालमै पुगी  बिरामीको पछिल्लो अबस्था बुझ्दै  उक्त रकम हस्तान्तरण गरिएको छ  lछुसक महाधमाका समिती को छलफल बाट पारित गर्दै कोरियामा लामो समयदेखी उपचारार्थ निजलाई सहयोग हस्तान्तरण गरिएको थियो।

कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।

Author Since: Dec 06, 2019

Related Post