कोरिया खबर

कोरोना भाईरसको कारण कोरियामा अटो पार्टस आयातमा समस्या !

सोल/दक्षिण कोरिया-चीनबाट अत्यावश्यकीय पाटपुर्जाहरु ल्याउन नसक्दा दक्षिण कोरियाका अटोमेकर्सहरु समस्यामा पर्न थालेका छन् ।हुण्डाई मोटर्सका अनुसार चीनका अटो मेकर्सहरुले अतिरिक्त काम गर्ने क्रमलाई तत्काल केही समयका लागि स्थगित गरेका कारण सो को असर कोरियाली बिभिन्न मोटर निर्माताहरुमा समेत प्रत्यक्ष असर पर्न थालेको छ ।

चीनका कम्पनिहरुले गजेदो र उल्सान प्रान्तका आफ्ना प्लान्ट्सहरुमा सो नियम लागु गरेपछि त्यसको प्रत्यक्ष प्रभाव कोरियाली मोटर निर्माता कम्पनिहरुमा पनि पर्न थालेको हो । ती स्थानमा रहेका कम्पनिहरुबाट कोरियाले वाइरिङका सामानहरु ल्याउने गर्दथ्यो ।चीनमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण कम्पनिले आफ्ना उद्योगहरुमा कामको चाप घटाउदै गइरहेको छ ।

यता दक्षिण कोरियाली सरकारले पनि कोरोना भाइरसका कारण आफ्नो चन्द्र पात्रो अनुसार पर्ने नयाँ बर्षको उत्सव मनाउने काम पनि सारेको छ । यसका कारण पनि उद्योगहरुको काम कारवाहीमा प्रभाव पर्न थालेको छ ।हुण्डाई कम्पनीका अनुसार भाइरसको तीव्र गतिमा भइरहेको फैलावटलाई मध्यनजर राख्दै आफूहरुले भएका र उपलब्ध श्रोत साधनहरुको प्रयोग गर्दै आफ्नो कम्पनीको उत्पादन कार्यलाई निरन्तरता दिने बताएको छ ।

साङ्गयोङ्ग मोटर्सले पनि सामानको अभावका कारण आफ्ना उत्पादनहरुलाई फेब्रुअरी ४ देखि १२ सम्म थाति राख्ने निर्णय गरेको छ । कोरीयन हेराल्ड पत्रिकालाई दिएको एक अत्नरवार्तामा कम्पनी प्रतिनिधिले उल्लेख गरेका छन् ।यी बाहेक अन्य धेरै कम्पनीहरुले कोरोना भाइरसका कारण चीनको बजारमा परेको प्रभावको प्रत्यक्ष असर आफ्नो कम्पनीमा पनि परेको जनाउदै आफ्नो अतिरिक्त काम गर्ने समयलाई कटौती गर्न थालेका छन् ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post