कोरिया खबर

नेपालले चीनलाई पठायो १२ हजार मास्क…

नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ।हाल नोवल कोरोना भाइरस फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग बढ्दो छ।यसकारण ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोगस्वरुप १२ हजार थान मास्क पठाएको हो। चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले

उक्त सहयोग गरेको बताएको छ।चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

कोरियामा आर्थिक अभावमा अस्पतालमा अलपत्र नेपाली यूवालाई छुसक महाधमाका को १० लाख सहयोग !

कोरियामा आपातकालीन राहतकोष स्थापनार्थ नेपालीका लागी दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा लामो समय देखि बिरामी परि अस्पतालमा उपचार्थ रहेका एक यूवालाई १० लाख वोन सहयोग रकम हस्तान्तरण गरेको छ ।उपचारमा लागेको रकम तिर्न नसक्दा उनी लामो समय देखि अस्पतालको बेडमा कष्टकर जिवन विताइरहेका छन् ।प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषीमा कार्यरत थिय । अनेकौँ सपना सजायर कोरिया आयका उनी कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले सम्म अस्पतालको बेडमा उपचार गराइ रहेका छन् ।

कोषमा संकलित रकम बाट कोरिया प्रवेश गरेको २ महिनामै दुर्घटनामा परि लामो समय सम्म अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेका प्युठानका सुजल जिसीलाइ १० लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ ।कोरियामा राहतकोष संकलन अभियानका अभियन्ता लक्ष्मी नारायण बस्नेत द्वारा आज आइतबार  अस्पतालमै पुगी  बिरामीको पछिल्लो अबस्था बुझ्दै  उक्त रकम हस्तान्तरण गरिएको छ  lछुसक महाधमाका समिती को छलफल बाट पारित गर्दै कोरियामा लामो समयदेखी उपचारार्थ निजलाई सहयोग हस्तान्तरण गरिएको थियो।

कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो ।कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।

Author Since: Dec 06, 2019

Related Post