कोरियामा पहिलो पटक तेश्रो लिङ्गिलाई विश्वविद्यालय प्रवेश मान्यता
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल-दक्षिण कोरियाको सुक्म्युङ महिला विश्वविद्यालयले पहिलो पटक तेश्रो लिङ्गिलाई भर्ना लिएको शुक्रवार एक सुचना मार्फत जानकारी दिएको छ । २२ बर्षीय उनलाई प्रवेश परीक्षामा ल्याएको नतिजाका आधारमा भर्ना लिएको क्याम्पस प्रशासनले उल्लेख गरेको छ ।गत बर्ष मात्र आफ्नो लिङ्ग परिवर्तन गराएका उनलाई उनको पढ्न पाउने नैसर्गिक अधिकारका कारण क्याम्पसले भर्ना लिएको
क्याम्पस प्रशासनले जानकारी दिएको छ । भर्ना भएका उनी मानवीकी संकाय अन्तरगत रहि कानुन विषयको अध्ययन आगामी मार्चबाट गर्दै छन् ।तेश्रो लिङ्गि भएकै कारण विश्वविद्यालय भित्र छिर्न र अध्ययन गर्न नपाउने कुनै नियम छैन भन्दै क्याम्पस प्रशाशनले उनको पढ्न पाउने हकको रक्षा गर्न आफू कटिवद्ध रहेको जनाएको हो ।
स्थानीय पत्रिकालाई अन्तरवार्ता दिदै नयाँ भर्ना पाएका उनले मेरो कारण अन्य तेश्रो लिङ्गिहरुले पनि पढ्ने अवसर प्राप्त गर्न सकुन र लिङ्ग परिवर्तनको कारण बाट कोही पनि वञ्चित हुन नपरोस् भनेका छन् ।उनले आफू दक्षिण कोरियाकै पहिलो तेश्रो लिङ्गि अधिवक्ता पार्क हान ही बाट प्रभावित बनेर कानुनको अध्ययन गर्न लागेको पनि जानकारी दिएका छन् । पार्क तेश्रो लिङ्गिहरुको हक हीतका लागी निरन्तर लड्ने पहिलो कोरियाली तेश्रो लिङ्गि अधिवक्ता पनि हुन् ।हटपाटीबाट