News

सरकारको गलत कामको विरोध गर्ने योगेश-घनश्याम मन्त्रि भएपछि गलत कदमको रक्षक पो भए, विरोधको नाकमुख देख्न छाडियो !

काठमान्डौँ, सत्तारुढ दलले दलभित्रैपनि प्रतिपक्षीय समेत बनाउनुपर्छ जस्ले आफ्नै दलको सरकारको निगरानी गरोस्, आफ्नै पार्टीको भएपनि यो प्रतिपक्षले सरकारको कडा आलोचना र आवश्यक विरोध खुलेर गर्न सक्ने हैशियत राखोस । अहिले हेर्नुस त सरकारले जे गरेपनि ज्यान फालेर समर्थन र बचाउ गर्न लागिपर्नुपर्ने कत्रो बाध्यता छ कार्यकता मित्रहरुको ।

केहिले विरोध गरेका पनि हुन् तर त्यो विरोध पद पाउन गरिएको वार्गेनिं हो की भन्ने शंका लागिसक्यो उदाहरणको लागि आफ्नै दलको सरकारको गलत कामको विरोध गर्ने योगेश भट्टराईज्युलाई हेरौ मन्त्रिको कर्सीले योगेशजस्ता प्रखर नेतालाई सरकारको गलत कदमको बचाउ गर्ने झन् प्रखर रक्षक बनायो आखै अगाडि अनि दलालपुँजीबादभन्दै आफ्नो नेताको नाक अघि चर्किएर विरोध गर्ने नेता घनश्याम भुषालको नाकमुख देख्न छाडियो ।

हामीले सरकार र यतिग्रुपको डिपलभ परेकोबारे जानेजती भन्यौ नबुझेको कुरा धनश्याम भुषालजस्ता प्रखर नेताबाट सुन्न पाए खास कुरो बुझिन्थ्योकी भन्ने आशा थियो । अमेरिकी सहयोग एमसीसीबारे कनिकुथी भएपनि बुझेजति बतायौ । बाँकी घनश्याम भुषालजस्ता जनताको भलो बोध गर्ने नेताले बोलिदिए ए कुरा त्यसो पो रहेछ भनेर ट्वा पर्नुहुन्थ्यो खोई त हामीलाई अझैंपनि विश्वास छ की योगेश र घनश्यामलाई सत्य बोल्न मन्त्रिको कुर्सीले रोक्दैन ।यीनको आदर्श मन्त्रिको गाडिमा हल्लिने गाडिको झण्डाले हल्याउदैन, डेग चलाउदैन त्यो भयोभने सत्तारुढ दलका प्रतिपक्ष भिम रावलहरुका गर्जनले म्याउ भन्लाकी भन्ने नमिठो शंका गर्न विवश भैन्छ ।

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ :

१. प्रतिनिधि सभा सांसद पार्वती डिसी चौधरीलाई ठगीको आरोप – नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी चौधरी समानुपातिक तर्फकी सांसद हुन् । उनले २०७४ सालको चुनावताका आफ्नो कार्यकर्ता कृष्णराज पाण्डे र लिला बहादुर थापाबाट ३ लाख र ५ लाख रुपैयाँ लिएकी थिइन्, तर अझैंपनि सांसद चौधरीले सो पैसा फिर्ता गर्न नसकेकी भन्दै उनीहरुले गुनासो गरेका छन् ।सांसद चौधरीले २०७४ असोजमा स्थानीय कार्यकर्ता टोपबहादुर बिसी मार्फत पैसा हाल्न लगाएकी थिइन् । पाण्डेले सांसद पार्वती डिसी चौधरीको एभरेष्ट बैंकको आफ्नै खातामा ३ लाख जम्मा गरिदिएका थिए ।

२. रौतहटमा समाजवादी पार्टीका नेता जयनाथ यादवको ठगी धन्दा – रौतहटको गरुडा नगरपालिका गेठही निवासी जयनाथ यादव र गरुडा नगरपालिका मै आईटी अफिसरको रुपमा कार्यरत भुपनारायण यादवले आफ्नो छोरालाई अष्ट्रेलिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेका आरोप लागेको छ ।समाजवादी पार्र्टीका संघीय परिषदका केन्द्रीय सदस्य रहेका जयनाथ यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राज्यमन्त्री योगेन्द्र राय यादवसँग राम्रो चिनजान रहेको भन्दै गरुडा नगरपालिका बसबिटी जिगंडिया निवासी शेख कदिरसँग १० लाख रुपैयाँ नगद र एक करोडभन्दा बढी मूल्य पर्ने ३ कठ्ठा ३ धुर जमिन समेत हडपेको आरोप छ ।यस्तो छ घटना : आफ्नो छोरालाई अष्ट्रेलिया पठाउन चाहने शेख कदिरको समाजवादी पार्टीको संघीय परिषद्का केन्द्रीय सदस्य रहेका जयनाथ यादवसँग भेट भयो । कदिरले उनलाई छोराको बारेमा बताए ।

३. अनलाइन सपिङ भन्दै ठगी धन्दा – ओखलढुंगाकी समिक्षा पौडेलले फेसबुकमा एउटा विज्ञापन देखिन् । एप्पल स्टोर नामक फेसबुक पेजमा गरिएको उक्त विज्ञापनमा एप्पल कम्पनीका आइफोनहरु निकै सस्तामा पाउने उल्लेख गरिएको थियो ।जहाँ आइफोन सिक्स एस प्लस नेपाली रुपैयाँ १८ हजारमै उपलब्ध बताइएकोे थियो । त्यसपछि उनले उक्त पेजमा म्यासेज गरी बुझ्दा पेज चलाउने व्यक्ति अमेरिकामा रहेको र नेपालसम्म ल्याउँदा त्यसको मूल्य २५ हजार पर्ने जानकारी पाइन् ।

निकै सस्तोमा आइफोन पाउने भएपछि उनले एउटा आइफोन अर्डर गरिन् । तर, उक्त पेज सञ्चालकले अर्डर गरेपछि १० हजार डिपोजिट गर्नुपर्ने बताए । समिक्षाले नेपाल ईन्भेष्टमेण्ट बैंकमा खाता रहेको प्रेम मुखियाको नाममा १० हजार रुपैयाँ डिपोजिट गरिन् ।

Author Since: Dec 06, 2019

Related Post