कोरिया खबर

कोरोना भाइरसको कुनै उपचार छैन, सावधानी अपनाउनु पर्छ

नयाँ वर्षमा चीन एउटा नयाँ र ठुला चुनौतीको सामना गरिरहेको छ । यो चुनौतीको नाम कोरोना भाइरस हो ।कोरोना भाइरस चीनको सीमाहरुबाट निस्किएर संसारका अन्य भागहरुमा पनि आफ्नो असर देखा परिसकेको छ ।चीनको वुहान शहरबाट उत्पन्न भएको कोरोना भाइरस अन्य देशहरु थाईल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरिका, अस्ट्रेलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि देखिएको छ ।

बि्रटेन र क्यानडा र अन्य देशहरुमा समेत यस भाइरसंग मिल्दाजुल्दा केही केशहरु देखा परेका छन् । यी केशहरु कोरोना भाइरसको हो कि होइन भन्ने कुरा पत्ता लगाइँदैछ ।चीनबाट उडान भरेर संसारका विभिन्न देशहरुमा जाने यात्रुहरुको वैज्ञानिक तरीकाले जाँच गरिँदैछ ।कोरोना भाइरसका कारण हिजोआज अन्य देशका मानिसहरु चीनको यात्रा गर्दैनन् ।

कोरोना भाइरसको आतंक

कोरोना भाइरस तिव्रताका साथ अन्य देशहरुमा पनि फैलँदैछ । यसको संक्रमणको कारणले निमोनिया भएको जस्तो भम्र हुन्छ । यही कारण शुरुवातमा चीनका स्वास्थ्यकर्मीे कोरोना भाइरसको संक्रमणलाई सामान्य निमोनिया सम्झेका थिए ।तर केहि समयपछि उनीहरु यो भाइरस सामान्य संक्रमण होइन भन्ने कुरा पत्ता लगाए । यसबाट बच्नका लागि निकै कठिन हुन्छ भन्ने पनि थाहा पाए ।कोरोना भाइरसको विकराल रुप अगाडि आउनु भन्दा पहिले नै संकटको संकेत प्राप्त हुन थालेको थियो ।

अब यो भाइरस केवल चीनको मात्र चिन्ताको बिषय रहेन । यसका कारण हरेका देशका नागरिकहरु चिन्तित छन् । नाटिघक यूनिभर्सिटीका सोफी हन्ट र जेसन नील २०१९ को डिसेम्बर महिनासम्म पनि वुहानमा नै थिए ।सोफी भन्छिन्-‘वुहानमा हामीहरु किनमेलका लागि वालमार्ट गएका थियौं । त्यहाँ मानिसहरु किनमेलका लागि हतारिएका थिए । जो पनि खाने-पिउने सामानहरु किनेर जम्मा गर्न आतुर देखिन्थे । त्यसपछि हामी मास्क किन्न मेडिकल स्टोर पनि गयौं । तर मानिसहरुले बढि भन्दा बढि मास्क किनेकाले मास्क सकिएको थियो । वुहानको त्यस्तो स्थिति देखेर एकदम दुःख लाग्यो । तर त्यतिबेला स्थिति झन भयांनक हुन्छ भन्न थाहा थिएन ।’

घर भित्र बन्दी भएका मानिसहरु

चीनको हुबेइ प्रान्त कोरोना भाइरसको प्रकोपले नराम्रोसंग प्रभावित भयो । देश भरमा हजारौं मानिसहरु यस भाइरसबाट संक्रमण केशहरु अगाडि आए ।ती मध्ये धेरै संक्रमण हुबेई प्रान्तमा भएको छ । एउटै ठाउँबाट यति धेरै संक्रमण भएको कुराले चीनको प्रशासनको होस उड्यो ।भाइरसको संक्रमणलाई रोक्नका लागि चीनका अधिकारीहरुल विभिन्न उपायहरु अपनाए ।हुबेई प्रान्तको यात्रामा प्रतिबन्ध लगाएर मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाइएको छ ।वुहानको एउटा होस्टलमा बसोबास गर्ने एक छात्रले बीबीसीलाई भने-‘मानिसहरु सास थामेर कोठाको चार भित्तामा बन्द भएर बसेका छन् ।’

आफ्नो नाम गोप्य राख्ने शर्तमा ती छात्रले भने -‘यहाँ हरेक मानिस घर भित्र बन्द भएको छ, कोहि पनि बाहिर निस्कन चाहँदैन । आकस्मिक रुपमा बाहिर निस्कन परे पनि स्वीकृति लिनु पर्छ । बाहिर जानुको कारण खुलाउनु पर्छ । हामीले खानपिनको सामान लिन बाहिर जान्छौं भन्यौ भने हामी नै सबै खानेकुराको सामान यहि ल्याइदिन्छौं , तपाईंहरु बाहिर निस्कनु आवश्यक छैन भन्ने जवाफ पाउँछौं । कोहि पनि घरबाट बाहिर निस्कन नपाउँदा सडकहरु खाली छन् । यदि कुनै बिरामी भयो भने पनि अस्पताल जान पाइँदैन, त्यहाकाँ अधिकारीहरुले आफ्नै कोठामा बस्न निर्देशन दिन्छन् ।’

Author Since: Dec 06, 2019

Related Post