कोरोना भाईरसका कारण कोरियाका सयौँ बिधालयहरु अनिश्चितकाल का लागी बन्द !
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल- चीनमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासमा दक्षिण कोरियाका सैयौँ विद्यालयहरु बन्द गरिएको छ ।कोरोना भाइरस संक्रमित १५ जना नागरिकहरु भेटिए पश्चात अन्यहरुमा पनि सो रोग सर्न सक्ने तथ्यलाई मध्यनजर राख्दै विद्यालयहरु बन्द गरिएका हुन् ।शिक्षा मन्त्रालयको विज्ञप्ति अनुसार स्प्रिङ सेसनका सम्पूर्ण कक्षाहरु पनि हाललाई बन्द गरिएका छन् ।
विद्यालय बन्दको निर्देशन सरकारले दिएको नभई प्रिन्सिपलहरुको संयुक्त बैठकले गरेको निर्णय भएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।सोमबार विहान सम्मको सूचनालाई आधार मान्ने हो भने पनि ३ सय ३६ वटा पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक स्तरका विद्यालयहरु अस्थायी रुपमा बन्द गरिएका छन् ।
बन्द गरिएका मा ९ वटा विद्यालयहरु सोल प्रान्तका १ सय ८९ वटा ख्यंगी प्रान्तका तथा १ सय ३८ वटा उत्तरी छल्ला रहेका छन् ।दक्षिण कोरियाली शिक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हाल सरकारले प्रान्तिय सरकार प्रमुखहरु त्था क्षिक्षा विज्ञहरुसँग छलफल गरि
यदि विद्यालयहरु दुइ हप्ता भन्दा बढी बन्द गर्ने परिस्थिति आएमा शैक्षिक पात्रो पुनरावलोकन गर्ने तयारीमा लागेको पनि जानकारी दिएका छन् ।सरकारी अधिकारीहरु विद्यालय तथा विश्वविद्यालयका प्रतिनिधिहरु सँग छलफल गरि सो निर्णयमा पुग्ने पनि जानकारी दिएका छन् ।हटपाटीबाट