खुशीको खबर,कोरियामा ५२ घन्टाभन्दा बढी काम गर्न पाईने !
- by siddhartha@post
- 12 months ago
- 0 comments

सोल/दक्षिण कोरिया , दक्षिण कोरियाली सरकारले हालै आफ्नो श्रम नितिमा परिमार्जन गर्दै हप्तामा ५२ घण्टा मात्र काम गर्न पाउने प्रावधानलाई संसोधन गरेको छ ।कोरियाली सरकारले हालै सार्वजनिक गरेको नयाँ श्रम नीति अनुसार अत्यावश्यक क्षेत्रमा सेवा प्रदान गर्ने बाहेक अन्य क्षेत्रहरुमा मात्र यो नियम लागु हुने पनि जनाएको छ ।
तत्कालै कार्यान्वयनमा ल्याइने भनिएको उक्त परिमार्जित नियम अनुसार सरकारले श्रमीकहरुको हैसियतलाई अझ माथि उकास्न त्यस्तो बाध्यकारी नितिमा परिमार्जन ल्याई उनीहरुको थप अर्थोपार्जनमा सहयोग गर्ने पनि श्रम तथा रोजगार मन्त्रालयले उल्लेख गरेको छ । हालै परिमार्जित नियमले अत्यावश्यक सेवा प्रदायकहरुको हकमा भने काम गर्ने छैन ।
जोखिम तथा दुर्घटना ब्यवस्थापन, विपद ब्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकमा भने उक्त सुविधा प्रयोगमा नआउने बताइएको छ ।श्रम तथा रोजगार मन्त्रालयका अनुसार अन्य क्षेत्रका श्रमिकहरुले निश्चित अवधिका निम्ति हप्तामा ५२ घण्टा भन्दा बढी पनि काम गर्न पाउने भएका छन् । तर यसका निम्ति श्रमिकहरुले श्रम मन्त्रालयबाट स्वीकृति लिन अनिवनर्य रहेको छ । हप्तामा ५२ घण्टा मात्र काम गर्न पाउने नियम भने सन् २०१८ बाट लागु गरिएको थियो ।हटपाटी