कोरियामा लामो समयदेखी अस्पतालमा ब्रेन ट्युमरको उपचारार्थ एक यूवालाई ‘छुसक महाधमाका’ को दशलाख सहयोग !
- by siddhartha@post
- 12 months ago
- 0 comments

सउल /दक्षिण कोरिया,कोरियामा आपातकालीन राहतकोष स्थापनार्थ नेपालीका लागी दक्षिण कोरिया द्वारा गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९ ” बाट संकलित रकम बाट कोरियामा लामो समय देखी ब्रेन ट्युमरबाट ग्रसित भई अस्पतालमा उपचारार्थ रहेका एक यूवालाई १० लाख वोन सहयोग रकम हस्तान्तरण गरेको छ ।
कोषमा संकलित रकम बाट ब्रेन ट्युमरको पटक पटक अपरेशन गर्दा आर्थिक अभावमा परेका काभ्रेका संजय खत्रीलाई १० लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ lविगत लामो समयदेखी ब्रेन ट्युमरको अप्रेशन गर्दै आएका खत्रीको सफल अपरेशन पश्चात केही समय निको भएपनी पुनः समस्या देखीएपछी अस्पताल भर्ना भएका छन।
बिगतका दिनहरुमा पनी आर्थिक अभावमा परी कोरियामा रोजगारीको शिलशिलामा कार्यरत नेपाली सयौँ यूवाहरु मार्फत संकलीत रकम तथा काभ्रे सम्पर्क समीतीले समेत उहाँको पिडामा सहयोग गरेका थिय।परदेशमा जो कोही नेपालीलाई समस्या पर्दा नेपालीले नै सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ गत छुसकमा आयोजना गरिएको कार्यक्रम छुसक महाधमाका का अभियन्ता हरुले संजय खत्रीको समस्यालाई मल्हम लगाउने उद्देश्यले कार्यक्रम मार्फत उठेको बचतबाट १० लाख वोन सहयोग गरिएको अभियन्ता गान्धिभ शुबेदीले बताउनुभयो।
कोरियामा राहतकोष संकलन अभियानका अभियन्ता तथा एनआरएनए उपाध्यक्ष यदु लामिछाने , दोलखाली समाजका अध्यक्ष सरोज केसी ,भजिन्द्र क्षत्री, काभ्रे सम्पर्क समिती बरिस्ठ उपाध्यक्ष प्रकाश योन्जन र बरिस्ठ सल्लाहकार हरिकृष्ण श्रेष्ठ को उपश्थितिमा गत आइतबार अस्पतालमै पुगी बिरामीको पछिल्लो अबस्था बुझ्दै उक्त रकम हस्तान्तरण गरिएको थियोlछुसक महाधमाका समिती को छलफल बाट पारित गर्दै कोरियामा लामो समयदेखी उपचारार्थ निजलाई सहयोग हस्तान्तरण गरिएको थियो।
कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त राहतकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि अफ्ठेरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त न्यौपानेले बताए ।
स्मरण रहोस आपतकालीन राहतकोष छुसक महाधमाका मार्फत नै कोरियाको अस्पतालमा अलपत्र प्युठानका सुजल जिसीलाई पनी गत आईतबार नै १० लाख कोरियन वोन सहयोग गरिएको थियो।