कोरिया खबर

कोरियाको जनसंख्या घट्न थाल्यो

सोल-कोरियाली तथयांक विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकका अनुसार कोरियाको स्थानीय जनसंख्या विगतका बर्षहरुमा भन्दा घट्न थालेको छ ।सन् १९८३ मा जनसंख्यालाई ट्र्याकिङ गर्न थालेपछि यहाँको जनसंख्या बारे यकिन धारणा आउन थालेको हो । तथ्यांकका अनुसार जन्मदर भन्दा मृत्यु दर बढी भएका कारण जनसंख्या घट्न थालेको विभागले बताएको छ ।

गत हप्ता कोरियाली तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक महिनामा २५ हजार ४ सय ३८ जनाको मृत्यु भएको थियो भने सोही महिना २३ हजार ८ सय ९ जनाको जन्म भएको थियो । यो नोभेम्बर महिनाको भन्दा ०.४ प्रतिशत कम हो र जन्मदर र मृत्युदर विचमा बरिव ५ प्रतिशतको फरक रहेको छ ।

श्रोतका अनुसार गत बर्ष कोरियामा २० हजार ४ सय ९३ जोडीले विवाह गरेका छन् जुन अघिल्लो बर्षको तुलनामा करिव १० प्रतिशतले कमी हो ।यसले कोरियामा चाँडै नै विविध समस्या ल्याउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । विद्यालय, सैनिक सेवा लगायतका क्षेत्रमा घट्दो जनसंख्याले नकारात्मक असर ल्याउने भन्दै उनीहरुले विज्ञहरुको ध्यान आकर्षण गराएका छन् ।hotpati बाट

Author Since: Dec 06, 2019

Related Post