कोरिया खबर

कोरियाले अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिलाइ थप कडाइ गर्दै!

कोरिया छाड्ने अबैधानिक कामदारको संख्या अत्यधिक रुपले बढेको छ।गत डिसेम्बरमा कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको लागि ढोका खुल्ला रहने सुबिधा दिए संगै सो संख्या बढेको हो।न्यायमन्त्रालयका अनुसार गत डिसेम्बर मा अबैधानिक कामदाको लागि नया नियम लागु भएयताको एक महिनामा स्वेच्छाले कोरिया छाड्नेको संख्या ८ हजार ९३ पुगेको छ।

औसदमा कोरिया छाड्ने अबैधानिक कामदारको संख्या दैनिक रुपमा दुइगुणाले बढेको बताएको छ ।कोरियाले तोकिएको अबधि भित्रै स्व- इच्छाले देश छाड्नेहरुको लागि स्वदेश फिर्ती शुल्क समेत छुट दिने सुबिधा दिएको छ ।उक्त सुबिधाको लागि हाइ कोरिया मार्फत अध्यागमन विभागलाई जानकारी गराउनु पर्ने छ ।

यसरि स्वेच्छाले फर्केका कामदारले चाहेको खण्डमा ९० दिनको पुनःप्रवेश भिषा समेत प्राप्त गर्न सक्नेछन । त्यस्तै मन्त्रालयले अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई समेत नियम कडा परेको छ । आगामी मार्च ३१ तारिख देखि लागु हुने नियमानुसार अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिहरुले मोटो रकम जरिवाना तिर्नु पर्ने छ ।र साथै ३ बर्षको लागी कुनै बनि बिदेशी कामदार राख्न पाउने छैनन् ।त्यसैगरी मन्त्रालयले कोरियामा अबैधानिक कामदार रोक्ने सम्बन्धमा थाइल्याण्डको श्रम मन्त्रालय संग सम्झौता समेत गरेको छ ।

Author Since: Dec 06, 2019

Related Post