कोरिया खबर

कोरियाप्रति विदेशी पर्यटक सकारात्मक !

सोल-कोरियन संस्कृति तथा सुचना सेवा केन्द्र (कोसिस) ले हालसालै गरेको एक अध्ययनका अनुसार ७६.७ प्रतिशत बिदेशीहरुले दक्षिण कोरियाप्रति सकारात्मक धारणा रहेको पाईएको छ ।गत बर्ष जुलाई १८ बाट अगष्ट २२ सम्म विश्वभरका १६ देशका करिव ८ हजार जना बिदेशी नागरिकमा गरिएको उक्त अध्ययनमा सो तथ्य पाईएको हो ।कोसिसले सन् २०१८ बाट बिदेशी नागरिकहरुबाट

कोरिया प्रतिको धारणा अध्ययन सुरु गरेको थियो । हालै गरिएको उक्त अध्ययनका अनुसार करिव ६४.३ प्रतिशत कोरियनहरू कोरियाप्रति सकारात्मक धारणा पाईएको छ । यो संख्या अघिल्लो बर्ष भन्दा करिव १० प्रतिशतले बढी हो ।कोरियाप्रति सकारात्मक धारणा बनाउने मध्ये ३८ प्रतिशतले कोरियन संगित र के पपको

कारण आफू कोरिया प्रति सकारात्मक भएको, १४.६ प्रतिशत आर्थिक समृद्धिका कारण र १४ प्रतिशत कोरियाली संस्कार र संस्कृतिका कारण कोरिया प्रति सकारात्मक भएको बताएका छन् ।यी बाहेक उनिहरूले गरेको अध्ययनमा एसियाली मुलुकका मानिसहरुले कोरियाको बारे सकारात्मक धारणा राखेको भन्दै अध्ययनकर्ताहरुले कोरियन स्थानीय संस्कार र संस्कृतिलाई अझ परिमार्जित रूपमा अगाडी बढाउन सके कोरिया विश्वभरकै मानिसहरूको आकर्षणको केन्द्र बन्ने निश्कर्ष समेत निकालेका छन् ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post