चिनियाँ कोरोनाभाइरस बिरामीले कोरियाली मेडिकल टोलीलाई लेखिन भावुक पत्र !
- by siddhartha@post
- 12 months ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियामा पहिलोपटक कोरोना भाईरस देखा परेकी चिनीया महिलाको सफल उपचार पश्चात कोरियाली मेडीकल टोलीलाई अस्पतालबाट डिस्चार्ज हुनुपुर्व भावुक पत्र लखेकी छन ।ईन्छन मेडिकल सेन्टरबाट उपचार पश्चात निको भएकी उनी आफु खुशीहुँदै आफुलाई उपचार गर्ने डाक्टरहरलाई धन्यबाद स्वरूप पत्र लेखेकी हुन।
कोरिया सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ले बताएअनुसार उनी वुहानबाट दक्षिण कोरिया छिरे लगत्तै बिसन्चो भएर अस्पताल भर्ना भएकी थिईन।लगातारको उपचार पश्चात मेडिकल टिमले उनलाई उपचार गरेर सन्चो बनाईसकेपछी डिस्चार्ज गर्न लागिएको हो।
जनवरी २० मा उपचार गर्न अस्पताल भर्ना भएपछीको करिब २ हप्ताको उपचार पश्चात उनी डिस्चार्ज भएकी हुन।सफल उपचार पश्चात अस्पतालबाट घर फर्किनुपुर्व सम्पुर्ण टोलीलाई आफुलाई गरेको उपचार प्रती धन्यबाद पत्र लेखेकी छन।