कोरिया खबर

९ सय ४० कोरियाली सैनिक क्वारेन्टाईनमा

सोल-चीनबाट विश्वमा नै फैलिरहेको कोरोना भाईरसबाट आफ्नो देशलाई बचाउन उसले भाईरस फैलिएको मिति पश्चात भाईरस संक्रमित स्थलमा गएका तथा संक्रमित देशहरुसँग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध अथवा सम्पर्कमा गएका आफ्ना ९ सय २० जना सैनिकहरूलाई क्वारेन्टाईन (कुनै रोगको शंका लागेमा एक्लै राखेर अनुसन्धानमा राख्ने ठाँउ) मा राख्ने भएको छ ।

बिगत १४ दिनमा चीन, हङकङ, मकाओ लगायतका क्षेत्रमा भ्रमण गरेका आफ्ना सैनिकहरुलाई चेक जाँच तथा स्वास्थ्य परिक्षण गराउने र सो माहामारी कोरियामा फैलिन नदिने हेतुले त्यसो गर्न लागेको कोरियाली रक्षा मन्त्रालय श्रोतले बताएको छ ।हालसम्म क्वारेन्टाईनमा राखिएका कसैमा पनि कोरोना भाईरसको संक्रमण नभेटीए पनि सावधानीका रूपमा उनीहरुलाई त्यसरि राखिएको हो ।

हालै एक जना कोरियाली सैन्य पानीजहाजमा काम गर्ने एक सैनिकलाई करिव ३० दिन अगाडी सँगै खाना खाएका उनका साथिमा उक्त भाईरस फेला परेपछि जाँच गरिएको तर उनमा सो भाइरस भने नभेटिएको पनि रक्षा मन्त्रालयका प्रवक्ता चोई ह्युन सू ले बताएका छन् ।

हाल कोरियाली रक्षा मन्त्रालयले आफ्ना सैनिकहरूलाई कोरोना भाईरस संक्रमण बाट बचाउन सर्वसाधारण संगको सम्पर्क टुटाउने निर्णय गरिएको पनि जनाएको छ । स्मरण रहोस्, कोरियामा हाल सम्म २३ जनामा कोरोना भाईरसको सङ्क्रमण देखा परिसकेको छ ।हटपाटीबाट शाभार

Author Since: Dec 06, 2019

Related Post