कोरियामा फ्रीमा कार मर्मत तालीम सिक्न चाहनुहुन्छ भने आफ्नो सिट सुरक्षित गर्नुहोस
- by siddhartha@post
- 12 months ago
- 0 comments

सौल दक्षिण कोरिया,किम्हे माइग्रेंन्ट हाउस द्वारा संचालित र एन आर एन ख्यङ्गनाम ले ब्यावस्थापन गर्ने शिप तालीम मा आफ्नो नाम दर्ता गर्नलाई यो सूचना जारी गरेको छ।बिशेषगरी ईपिएस प्रणालीबाट कोरियामा कार्यरत विदेशी मजदुर लाई लक्षित गरी शुरु गर्न लागीएको बिबिध तालिममा सहभागीताको लागी सुचना जारी गरिएको छ।तालिम निशुल्क हुने छ।
कहिले हुन्छ त?
तालीम सुरु हुने मिति : 2020-03-01
तालीम को बिषय
१, कृषि तालीम ( आलू खेती, प्याज खेती, टमाटर खेती, कृषी औजार )
२, कार मर्मत
३, बेकरी
४, कफी बारिस्टा
सम्पर्कः
055- 334 -7940 अफिस
010-6300-0902 यज्ञ राज सुवेदी
010-2764-4696 बेलमान थापा
साथै एन आर एन अध्यक्ष यज्ञ राज सुवेदीको फेस बुक मेसेजबाट पनि संपर्क गर्नसक्नुहुनेछ ।
यो पनी पढनुहोस ।
कोरियामा मास्क अभाव हुने संकेत !
सउल/(दक्षिण कोरिया) । कोरियामा फेस मास्कको मूल्य बढेको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै विश्वका अन्य देशमा पनि भाइरस संक्रमित फेला परेको पूष्टि हुने क्रम बढिरहेकै बेलामा कोरियाका स्टोरहरुमा सर्जिकल मास्कको आपूर्ति घटेको छ । यस्तोमा केहीले भने मुनाफा कमाउन खुद्रा मूल्यको दाँजोमा उच्च मूल्यमा अनलाइनबाट मास्क बेच्न थालेपछि मूल्य प्रभावित भएको हो ।
भाइरसको त्राससँग बजारमा मास्कको माग बढेको छ भने विभिन्न खाले मास्क प्रडक्ट बेच्ने औषधि पसल वा कन्भेनियन्स स्टोरमा समेत मास्क पाइन छोडेको छ ।म्यानुफ्याक्चररहरुले समेत माग धान्न सकियोस् भनेर तीव्र गतिमा उत्पादन गरिरहेका छन् । बजारमा भने जति मास्क पाउन छाडेपछि उपभोक्ताहरुले पनि पाएको बेलामा धेरै किनेर घर लैजाने प्रवृत्ति बढेको छ । अनि कसैले भने धेरै किनेर अरुलाई बढी मूल्यमा बेच्न पनि थालेका छन् ।
यस्तोमा केही पसलेहरुले प्रत्येक उपभोक्ता वा समूहलाई २ ब्याग भन्दा धेरै सर्जिकल मास्क नबेच्ने भनेर सूचना नै टाँसेका छन् ।माग थप बढ्ने अनुमानमा स्टोरहरुले पनि इन्भेन्टरी उल्लेख्य रुपमा बढाएका भएपनि सञ्चिति घट्तै गइरहेको छ । स्टोरमा पर्याप्त सर्जिकल मास्क छ कि छैन भनेर तारन्तार फोन आइरहेको भएपनि कहिलेकाँही ढुवानी लिन नसकिएको स्टोरमा काम गर्ने एक महिला कर्मचारीले भनिन् ।
स्टोर सञ्चालकले उपभोक्ताहरुलाई आफूलाई मिल्दो मूल्य रेञ्जभित्र बस्न भनिरहेका छन् । तर यस्तोमा देशभर उपभोक्ता ममिला मञ्च र निकायहरुमा माग चर्किएको बेलामा मूल्य हवात्तै बढाएको भन्दै विभिन्न गुनासाहरु आइरहेका छन् ।अहिले पुनः विक्रीको उद्देश्यले सर्जिकल मास्क खरिद अवाञ्छनीय भएपनि उपभोक्ताहरुलाई शान्त रहन उपभोक्ता मामिला एजेन्सीका प्रमुखले बुधवार पत्रकार सम्मेलनमा भनेका थिए ।
मास्कको मूल्य स्थिर पार्न एजेन्सीले अर्थ, व्यापार तथा उद्योग मन्त्रालयलगायत अन्य सरकारी निकायहरुसँग मिलेर काम गर्ने योजना बनाइरहेको छ । समस्या समाधानका लागि एजेन्सीले अनलाइन बजार सञ्चालकहरुसँग पनि सहकार्य खोज्ने बताइएको छ ।