कोरिया खबर

ईपिएस नेपालले कोरियन भाषा परिक्षा आबेदन शुल्क बढाउन एचआरडी लाई प्रस्ताब ,तर के भन्छ त एचआरडी कोरिया ?

उदय राई /कोरिया ,हिजो HRD कोरियाको प्रवासी बिभाग प्रमुख लगायतसग एमटियु केसीटियुको प्रतिनिधिले एमटियुको कार्यालयमा भाषा परिक्षाकोलागी दिने आबेदन शुल्क महगो भएको साथै बंगलादेशमा परिक्षामा सहभागी हुन् नपाउने मानिसले पनि परिक्षा आबेदन सुल्क तिर्नु पर्न (बंगलादेशमा सबैले इपिएस अन्तर्गत कोरिया आउनकोलागि भाषा परिक्षामा सहभागी हुन् पाउदैनन ।

परिक्षाकोलागि आबेदन दिने मध्यबाट गोला प्रथाबाट छनोट भएको १२,००० जनाले मात्र परिक्षा दिन पाउने ब्यबस्था छ ।बाकी आबेदन दिनेको शुक्क फिर्ता दिने गरेकोमा यसपाली देखि शुल्क फिर्ता नदिने भनेको छ )भाषा परिक्षामा धेरै पास गराउने तर कम लाने ,स्किल टेस्टको बारेमा , प्रवासी श्रमिक कोरिया प्रवेश गर्नु भन्दा पहिला र प्रवेश गरिसके पछी

दिने शिक्षा ब्यबहारिक हुनु पर्ने , दक्ष प्रसिक्षकहरु राख्नु पर्ने , पाठ्यक्रममा मजदुर युनियन ,मजदुर तथा मानब अधिकार लगायतको बिषय राख्नु पर्ने लगायतको बारेमा छलफल भएको थियो ।छलफलको क्रममा एचआरडी प्रमुखले एचआरडी कोरियाले बंगलादेशमा परिक्षा आबेदन शुल्क सबैलाई लिन कुनै निर्देशन नदिएको साथै शुल्क महगो भएको कुराको हकमा नेपालको इपिएस शाखाले अहिलेको भन्दा अझ बढाउन माग गरेको छ भन्नु भयो ।

घटाउन त परैजावोस यो पनि कम भयो रे नेपाल इपिएस शाखालाई ) बढी उतिर्ण गराउने लाने कम किन ? कम लैजानुको कारण कम्पनीले १ जना माग गरेमा ३ जनाको नाम पठाइदिनु पर्ने भएकोले बढी छनोट गर्नु परेको साथै स्किल टेस्ट बारेमा नियम परिबर्तन भएको कुरा बताएको छ .स्किल टेस्टमा (नेपालमा)किन यति धेरै फेल गरियो त ? २०१९मा लिखितमा जम्मा पास गराउनु पर्ने (कोटा)४,६०० जना मात्र थियो तर ५००० जनाले फुल्मार्क ल्याएको कारण कसैलाई हटाउन नमिलेकोले १२,००० पास गराई स्किल टेस्टको १०० अंक र लिखित परिक्षाको १०० ल्याउने ६८०० जना उतिर्ण गरिएको भनेको छ ।

एमटीयुले परिक्षामा उतिर्ण भएको सबैलाई लैजानु पर्ने ,स्किल टेस्ट लिएपनि (इपिएसमा स्किल टेस्ट गर्न मिल्दैन किनकि अदक्ष मजदुर भएकोले )अनुतिर्ण गराउन नहुने ,परिक्षा दर्ता शुल्क घटाउन पर्ने , मजदुर युनियन ,मजदुर कानुन, मजदुर तथा मानब अधिकारको बारेमा शिक्षा दिनु पर्ने ,कोरिया प्रवेश गरे पछी दिने शैशिक कर्यक्रममा मजदुर युनियनले पढाउन पाउनु पर्ने ,परिक्षार्थीले भोग्नु परेको बिभिन्न समस्या हटाउन उचित पहल गर्नु पर्ने लगायतको माग राखिएको थियो ।यसको जवाफ एचआरडी कोरियाले १ महिना भित्र दिने सहमाति गर्दै छलफल समाप्त भएको थियो ।

Author Since: Dec 06, 2019

Related Post