कोरिया खबर

ईपीएस स्कील टेस्ट कानुन बिपरित

सोल-दक्षिण कोरिया आवश्यक हुने अदक्ष कामदारका लागि लिईदै आएको सीप परिक्षण परिक्षा कानुन बिपरित रहेको प्रवासी मजदूर युनियनले ठहर गरेको छ ।रोजगार अनुमति प्रणाली ( ईपीएस ) मार्फत अदक्ष कामदार आपूर्ति गर्ने क्रममा मानव संशाधन विकास केन्द्रले लिने भाषा परीक्षा र सीप परिक्षण परीक्षा मध्ये पछिल्लो पद्धति स्किल टेस्ट कानुन बिपरित रहेको युनियनका अध्यक्ष उदय राईले बताए ।

अध्यक्ष राईका अनुसार स्कील टेस्ट दक्ष कामदारका लागिमात्र तय गरिएको परीक्षा पद्धति हो तर एचआरडी कोरियाले अदक्ष कामदार छनौट गर्न यो पद्धती लागु गरेको छ ।कोरियाका मजदूर संगठन प्रतिनिधिहरुले एचआरडी पदाधिकारीसंग स्कील टेस्टका नाममा लाखौ खर्च गरेर लिखित परिक्षा उतिर्ण गरेका परीक्षार्थीलाई कोरिया आउनबाट बन्चित गराउन नहुने माग राखेका थिए ।

शुक्रबार भएको बैठकमा एचआरडी प्रवासी बिभाग प्रमुखले आगामी बर्षका लागि स्किल टेस्ट बारेमा नियम परिबर्तन भैसकेको जानकारी गराएको अध्यक्ष राईको भनाइ छ ।सन् २०२० को लागि २०१९ मा लिईएको लिखित परीक्षामा १२ हजार १० जना उतिर्ण भए पनि स्कील टेस्ट ६ हजार ७ सय ७३ को नाममात्र प्रकाशन गरिएको थियो ।

अनुतिर्ण परीक्षार्थीले स्किल टेस्ट पारदर्शी नभएको भन्दै बैदेशिक रोजगार विभागमा सच्याउन माग गरेपछि १ सय ३५ लाई पुन उतिर्ण गराइएको थियो ।हटपाटीबाट शाभार

Author Since: Dec 06, 2019

Related Post