कोरोना आतंक – पार्टपूर्जा नआएपछि कोरियाका हुण्डाई र किया मोटर बन्द हुने अवस्थामा
- by siddhartha@post
- 12 months ago
- 0 comments

सोल-चीनको हुवेवी प्रान्तमा फैलिएको कोरोना भाईरसका कारण चीनमा मात्र नभए सिङ्गो विश्वमा नै नकारात्मक असर परिरहेको छ । यो असर स्वास्थ्य क्षेत्रमा मात्र नभई विश्व अर्थतन्त्रमा पनि ब्यापक रुपमा पर्न थालेको छ । यसको पछिल्लो उदाहरण हो कोरियाली मोटर उत्पादकहरूले आफ्नो उत्पादन बन्द गर्नु ।हुण्डाई, किया लगायतका मोटर उत्पादक कम्पनिहरुले आफ्नो उत्पादनका
लागि आवश्यक पाटपुर्जाहरु चीनबाट ल्याउने गर्दथे । तर कोरोना भाईरसको सन्त्रासका कारण चीनमा रहेका ती कम्पनिहरुका पार्ट्स उत्पादकहरूले आफ्नो उत्पादन अस्थायी समयका निम्ति बन्द गरेका कारण कोरियाली मोटर्स कम्पनिहरु मारमा परेका हुन् ।फेब्रुअरी ९ तारिखसम्म चिनका अटो पार्ट्स उत्पादक कम्पनिहरुले आफ्नो उत्पादन बन्द गरेका कारण केहि कोरियाली मोटर्स कम्पनिहरुले जनावरी २४ बाट नै आफ्नो उत्पादन बन्द गरेका थिए भने केहिले आगामी सोमबारबाट आफ्नो उत्पादन बन्द गर्दै छन् ।
हुण्डाई कम्पनिका एक अधिकारीका अनुसार फेब्रुअरी ९ सम्म सामान उत्पादन बन्द गरे कम्पनि एकदम कठीन समयमा चल्ने तर ९ तारिखपछि पनि उत्पादन सुरु नगरे उत्पादक कम्पनिहरु गम्भिर आर्थिक संकटमा जाने बताएका छन् ।एसियाली आर्थिक संकटबाट सन् १९९७ मा आफ्नो उत्पादन गरेको हुण्डाईले त्यसपछि पहिलो पटक आफ्नो उत्पादन बन्द गर्ने कम्पनिका एक प्रतिनिधिले बताए ।
चीनसँग आश्रीत नभएता पनि कोरोना रोगको सन्त्रासका कारण सामसुङ मोटर्सले पनि केहि समयका लागि आफ्नो उत्पादन बन्द गर्दैछ ।कम्पनि यदि ५ दिन बन्द भएमा ३० हजार हजार गाडीहरू उत्पादन हुनबाट रोकिने छ । यसको मतलव कम्पनिलाई करिव ५०५ मिलियन अमेरिकि डलर बराबरको घाटा हुने छ । यदि ५ दिन भन्दा पनि बढी बन्द गर्नुपरेमा क्षति अपुरणीय हुने छ भन्दै अधिकारी तथा कम्पनी प्रतिनिधिले चीनस्थित पार्ट्स उत्पादकसँग उत्पादन सुचारु गर्न वार्ता गरिरहेका छन् । Hotpati