ईपीएस पास गर्ने सबैलाई कोरिया ल्याउन मजदूर संगठनको माग
- by siddhartha@post
- 11 months ago
- 0 comments

सोल-दक्षिण कोरियाका मजदूर संगठनहरुले रोजगार अनुमति प्रणाली (ईपीएस ) भाषा परीक्षा उतिर्ण सबैलाई कोरियामा रोजगारी दिन माग गरेका छन् ।शुक्रबार प्रवासी मजदुर यूनियन (एमटीयु) कार्यालयमा भएको कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन (केसीटियु), माइग्रेन्ट ट्रेड यूनियन (एमटियु ) र मानव संशाधन विकास संस्था ( एचआरडी ) पदाधिकारी बीच भएको
संयुक्त बैठकमा मजदूर नेताहरुले दुखले पढेर उतिर्ण भएका सबै परीक्षार्थीलाई रोजगारी दिनुपर्ने माग गरेका हुन् ।बैठक क्रममा भाषा परिक्षाको लागी दिने आबेदन शुल्क महगो भएको उल्लेख गर्दै मजदूर नेताहरुले परीक्षामा धेरै उतिर्ण गराएर कामको लागि थोरैलाई मात्र छान्ने पद्धतिको बिरोध गरेका थिए ।
सो क्रममा मजदूर पदाधिकारीहरुले बिदेशी कामदारलाई कोरिया प्रवेश गर्नु अघि प्रवेश गरेपछि कामसंग ब्यबहारिक शिक्षा दक्ष प्रसिक्षकहरुबाट दिनुपर्नेमा जोड दिएका थिए ।एमटियुका अध्यक्ष उदय राईका अनुसार ईपीएस पाठ्यक्रममा मजदुर युनियन र मजदुर तथा मानब अधिकारको बिषय राख्नुपर्ने लगायतको बिषयमा छलफल भएको जानकारी दिए ।
अध्यक्ष राईले भने ‘ एक जना कामदार माग गरेमा तीन जनाको नाम पठाउनुपर्ने नियम अव्यवहारिक छ ‘ राईले थपे ‘ यो नियम सच्याउन माग गरेका छौं ।’आवेदन शुल्कको प्रसंगमा अध्यक्ष राईले नेपालको इपिएस शाखाले अहिलेको भन्दा अझ बढाउन माग गरेको समेत खुलासा गरे । उनले थपे ‘ईपिएस शाखाले आवेदन शुल्क घटाउन प्रयास गर्नुपर्नेमा कम भयो भन्दै बढाउन प्रयास गर्नु बिडम्बना हो ।’
सो बैठकमा शैक्षिक कर्यक्रममा मजदुर युनियनले पढाउन पाउनु पर्ने,परिक्षार्थीले भोग्नु परेको बिभिन्न समस्या हटाउन उचित पहल गर्नुपर्ने लगायतको माग समेत मजदूर नेताहरुले राखेका थिए ।बैठकमा एचआरडी पदाधिकारीहरुले मजदूर नेताहरुको माग र प्रश्नलाई आगामी एक महिनाभित्र सम्बोधन गर्ने सहमाति जनाएका थिए । Hotpati