कोरिया खबर

उत्तर कोरियामा पनि भेटियो कोरोना सङ्क्रमित बिरामी

सोल-उत्तर कोरियाली राजधानी प्योङ्गयाङमा एक महिलामा कोरोना भाईरसको सङ्क्रमण भेटिएको छ ।एक दक्षिण कोरियाली अखबारका अनुसार फेब्रुअरी २ तारिखमा गरिएको परिक्षणमा उनमा सो भाईरसको सङ्क्रमण भेटिएको हो ।ती महिलामा भाईरस सङ्क्रमण भेटीए लगत्तै उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका अन्य ४ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

ति महिला चीन भ्रमणबाट फर्के लगत्तै गरिएको उक्त परिक्षणमा उनमा सो रोगको सङ्क्रमण पाईएको हो ।हाल उत्तर कोरियाले समुद्र पार यात्रा गरेर आउने जो कोहीलाई पनि निश्चित समय सम्म क्वारेन्टाईनमा राख्ने गरेको छ ।यता उत्तर कोरियाले गत हप्ता नै कोरोना भाईरस विरुद्द लड्न उसको ‘नेशनल ईमरजेन्सी सिस्टम’ लाई सकृय बनाईसकेको छ

गत साता मात्रै उसले चीन स्थित ट्राभल एजेन्टहरुलाई उत्तर कोरियाको भ्रमण व्यवस्था तत्काललाई बन्द गर्न निर्देशन समेत दिएको थियो साथै उक्त भाईरसको संक्रमणबाट बच्न आफ्ना सबै नाकाबाट आवतजावत समेत बन्द गरेको थियो ।hotpati

कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !

दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।

उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।

प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।”

रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।

Author Since: Dec 06, 2019

Related Post