News

कोरोनाले मृत्यु हुनेको संख्या ८१३ पुग्यो, अफवाह नफैलाउन चेतावनी

एजेन्सी – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। चीनमा ८ सय ११, हङकङमा एक र फिलिपिन्समा एकजनाको मृत्य भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको छ। चीनमा भाइरसका कारण मृत्यु हुनेमा २ जना विदेशी नागरिक पनि रहेका छन्।

अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन्।शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ। त्यस्तै थप २ हजार ६ सय ५६ जना नयाँ संक्रमणका बिरामी फेला परेका छन्।

कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन विश्व स्वास्थ्य संगठन डब्लुएचओले चेतावनी दिएको छ। उपचारमा संलग्न डाक्टरहरुको तस्बिरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारे भ्रम फैलाउने, संक्रमण र मृत्युबारे अनर्गल प्रचार गर्ने लगायतका क्रियाकलाप बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।hotpati

Author Since: Dec 06, 2019

Related Post