कोरियामा कोरोना भाइरस चेक गराउनेको संख्या २ हजार नाघ्यो ,एक हजार भन्दा बढीलाइ बिसेष निगरानीमा
- by siddhartha@post
- 1 year ago
- 0 comments

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको आशंकामा चेकजाँच गराउनेको संख्या २ हजार ९७ पुगेको छ l कोरिया रोग नियन्त्रण केन्द्र (KCDC)का अनुसार यसरि चेकजाँच गरिएका मध्ये १ हजार ९० जनालाई बिसेष निगरानीमा राखिएको छ l उनीहरु कोरोना भाइरस संक्रमित संग सिधा सम्पर्कमा रहेको कारण बिसेष निगरानीमा राखिएको बताइएको छ l
त्यसैगरी रोग नियन्त्रण केन्द्रले जनाए अनुसार आइतबार थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ l उनीसंगै हाल दक्षिण कोरियामा संक्रमितको संख्या २५ पुगेको छ l संक्रमित मध्ये एक जना चिनिया महिला तथा एक जना कोरियन पुरुष पूर्ण रुपमा निको भै घर फर्किसकेका छन् l
संक्रमित मध्ये धेरैजसो हालसालै चीन तथा थाइल्याण्ड बाट फर्किएका कोरियन नागरिक छन् भने केहि उनीहरुको सम्पर्क बाट संक्रमित भएका छन् lगत जनवरी देखि चीनको वुहाम वाट फैलिएको कोरोना भाइरसका कारण हाल सम्म ८ सय भन्दा बढीको ज्यान गएको छ भने विश्वभर ३७ हजार भन्दा बढी संक्रमित भैसकेका छन।
hellonepalkorea.com
कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !
दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।
उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।
प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।” रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।