News

कोरोना भाईरसबाट संसारभर ८१३ जनाको मृत्यु

बेइजिङ — कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ नयाँ संक्रमितको मृत्यु भएको चीन सरकारले बताएको छ । चीनमा शुक्रबार ८६ जनाको मृत्यु भएको थियो । शनिबारका मृतकहरुमध्ये प्राय हुवेई प्रान्तका मानिसहरु छन् ।कोरोना प्रकोपबाट संसारभर ८१३ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो सँगै कोरोनाबाट मृतकको संख्या सार्स संक्रमणबाट

विश्वभर मर्नेहरुको संख्याको बराबरीमा पुगेको छ।कोरोनाबाट संसारभर ३७हजार ५ सय ५२ जना संक्रमित छन् भने चीनमामात्रै ३७हजार१सय ९८जना संक्रमित छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काेराेनाका २ हजार १ सय ५२ जनासंक्रमितहरु निकाे भइसकेका छन्।

चीनबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोनाभाइरस बाट संक्रमित हुनेहरुको संख्या जापानमा मात्र ८९ जना पुगेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका ६४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेसंगै सो संख्या बढेको हो ।

-कान्तिपुरबाट

Author Since: Dec 06, 2019

Related Post